२०८१ माघ ४ गते शुक्रवार

गुरुकुलका शिक्षकहरुलाई रेक्टा विधिको तालिम



घोराही,९ माघ ।
गुरुकुल एकेडेमीका शिक्षक तथा शिक्षिकाहरुलाई रेक्टा विधिको तालिम दिएइको छ । गुरुकुल एकेडेमी तुलसिपुर र लमहिका नँया शिक्षकलाई तालिम दिइएको हो ।

आधारभुत शिक्षण तालिम अर्थात विद्यार्थि केन्द्रित शिक्षण विधि अन्तर्गतको यो तालिममा २५ जना शिक्षकहको सहभागिता रहेको गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिुनुभयो ।

गुरुकुल एकेडेमीले अवलम्बन गरेको नँया शैक्षनणीक विधिको बारेमा जानकारी दिने उद्धेश्य सहित तालिमको आयोजना गरीएको प्रधानाध्यापक गिरीले बताउनुभयो ।शिक्षक सक्रिय भएर पढाउने कार्यलाई परीवर्तन गरी विद्यार्थिहरुलाई पनि शिक्षक संगसंगै सक्रिय बनाई पढाउनुपर्ने भएकोले गुरुकुल एकेडेमीले विद्यार्थिहरुलाई मात्र नभएर शिक्षकहरुलाई पनि नँया तरीकाबाट शिक्षण सिकाई क्रियाकलाप गर्न बिभिन्न कृयाकलाप तथा तालीमहरु प्रदान गर्ने गर्दछ।

यहि माघ ४ गते बाट सुरु भएको तालिम माघ १० गते (बुधवार) सकिदैछ । एक हप्ते तालीको आयोजना गौतम बुद्धको जन्म स्थल लुम्विनिमा गरीएको छ ।
तालिमको इन्टरनल प्रशिक्षकको रुपमा गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरी , सहायक प्रअ ज्ञानेन्द्र बुढा ,लमहिका सहायक प्रअ सुरज खनाल र गुरुकुल एकेडेमी घोराहीको मन्टेस्वरी संयोजक लोचना पौडेल रहनुभएको छ।

मुख्य प्रशिक्षकको रुपमा सिआइटिई काठ्मान्डौकम प्रमुख सोनि पौडेल तामाङ र कल्पवृक्ष एजुकेशन फाउन्डेशनका प्रमुख प्रतिक्षा गौतम रहनुभएको छ ।
दाङलाई शैक्षिक हव बनाउन तथा शिक्षण विधिमा नँयापन ल्याउन लागि परेको गुरुकुल एकेडेमीले २०७२ सालमा घोराहीमा विद्यालय संचालन गरेको थियो भने शैक्षिक सत्र २०८१ बाट तुलसिपुर र लमहिमा पनि विद्यालय संचालनमा ल्याउन लागेको छ ।

प्रकाशित मिति : २०८० माघ ९ गते मङ्गलवार