२०८१ माघ १२ गते शनिवार

तुलसीपुर बजारको आइएमईबाट तिन लाख बढि चोरी



तुलसीपुर, १० माघ ।
तुलसीपुरको बजारमा रहेको आइएमईबाट नगद चोरी भएको छ । तुलसीपुर-५ पिपलबोट नजिकै रहेको आइएमई गण्डकी एग्रो सप्लायर्सबाट सोमबार राती चोरी भएको हो ।

चोरले आइएमईबाट ३ लाख ४६ हजार ७७० नगद चोरी गरेको संचालक डिलाराम बुढाथोकीले जानकारी दिनुभयो । चोरले राती करिब ९ बजेतिर चोरी गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार सिसिटीभि फुटेजमा चोर राती १० बजेर ४७ मिनेटमा चोरेर आइएमइबाट निस्केको देखिएको छ । चोरले ताला काटेर चोरी गरेको हो । नजिकै संगै सटेको घर र पिपलको रुखको सहारामा चोरी गरेको देखिएको संचालक बुढाथोकीले बताउनुभयो ।

सिसिटीभि फुटेजमा चोरले सेता जुता लगाएको, मास्क लगाएको, मोबाईल समातेको देखिएको छ । प्रहरीमा मंगलबार दिउँसो जाहेर दिएपनि प्रहरीले कुनै चासो नदिएको संचालक बुढाथोकीले बताउनुभयो ।

घटना भएको स्थान तुलसीपुरको मूख्य ठाउँ भएपनि सुरक्षा व्यवस्थामा प्रहरी फेल भएको संचालक बुढाथोकीले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर प्रसाद पोखरेलले घटनामा संलग्न चोरको पहिचानका लागि अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले सिसिटीभि फुटेजमा मानिस प्रष्ट नदेखिएका कारण पनि समस्या भएको बताउनुभयो ।

प्रकाशित मिति : २०८० माघ १० गते बुधवार