तुलसीपुर, १० माघ ।
तुलसीपुर-६ मा रहेको माद्यामिक विद्यालय तुलसीपुर सेन्टरले ५३ औं वार्षिक उत्सव मनाएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी विद्यालयले ५३ औं वार्षिक उत्सव तथा अभिभावक भेला गरेको हो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर उपप्रमुख स्यानी चौधरीले पालिकाले सामुदायीक विद्यालयमा गुणस्तरीय शिक्षामा जोड दिएको बताउनुभयो । उहाँले पालिका भित्र रहेका सामुदायीक विद्यालयका शिक्षकहरुलाई विभिन्न समयमा तालिमहरु पनि दिदै आएको बताउनुभयो ।
उपप्रमुख चौधरीले शिक्षा सबैको लागि आवश्यक भएकाले पालिकाले शिक्षाको लागि सबैभन्दा धेरै बजेट छुट्याएको बताउनुभयो । उहाँले पालिकाले गत वर्ष २२ वडा सामुदायिक विद्यालयमा ८ कोठे भवण निर्माण गरेको जानकरी दिनुभयो । तुलसीपुरमा रहेका ८३ वडा सामुदायीक विद्यालय र ६४ वटा संथागत विद्यालय रहेको छ ।
तुलसीपुर नगर शिक्षा समितिका सदस्य तथा अमर माद्यमिक विद्यालयका प्रधानाध्यापक पदम बहादुर वलीले सामुदायीक विद्यालयलाई संस्थागत विद्यालयसंग प्रतिस्पर्धा गर्न चुनौति थपिएको बताउनुभयो । गुणस्तरीय शिक्षाको लागि शिक्षक, विद्यार्थी र अभिभावकहरुको साथ सहयोग चाहिने उहाँको भनाई छ । पछिल्लो समय विद्यार्थीहरुमा बढ्ने बानिको विकास कम हुँदै गएकोले अभिभावकहरुले निगरानी गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला सचिवालयमा सदस्य धनिराम केसी, मानव अधिकारकर्मी तथा पत्रकार सुशिल बस्नेत, पत्रकार संगित बस्यालले माद्यामिक विद्यालय सेन्टर तुलसीपुरकै गहना रहेको बताएका थिए । विद्यालयले गरेको गरेको मेहनतको प्रशंसा गदै थप उन्नती प्रगतिको शुभकामना दिनुभएको हो ।
विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले विद्यालयको आयव्यय प्रगति प्रतिवेदन प्रस्तुत गदै विद्यालय अथक मेहनतका साथ मेगा विद्यालयको रुपमा परिनत भएको बताउनुभयो । उहाँले विद्यालय यहाँसम्म आउनुमा शिक्षक, विद्यार्थी र अभिभावक सबैको सहयोग रहेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडेलको अध्यक्षता तथा पूर्व प्रतिनिधि सभा सदस्य सुजिता साक्यको प्रमुख आतिथ्यता तथा तुलसीपुुर उपमहानगरपालिकाका नगर उपप्रमुख स्यानि चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेश रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षक भोला पौडेलले गर्नुभएको हो । बिस २०२७ सालमा स्थापना भएको बिद्यालयले अन्य विषय सहित बिभिन्न प्राबिधिक धारको पढाईलाई जोड दिदै आएको छ ।