२०८१ माघ ४ गते शुक्रवार

किशाेर-किशाेरीका लागी नेतृत्व विकास तालिम शुरू



तुलसीपुर,११ माघ।

तुलसीपुरमा किशाेर किशोरीका लागि ३ दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम शुरू भएकाे छ ।

तुलसीपुर नगर स्तरीय युवा सञ्जालकाे आयाेजना तथा तुलसीपुर  उपमहानगरपालीका वडा नम्बर ७ काे समन्वयमा बुधवारदेखि तुलसीपुर-७ मा शुरू भएकाे हाे ।

 नगर बाल संजालका अध्यक्ष शिशिर गिरिकाे अध्यक्षता तथा   वडा नम्बर ७ का अध्यक्ष राम बहादुर जिसिकाे प्रमुख आतिथ्यतामा तालिमकाे उद्घाटन गरीएकाे हाे ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि जिसिले बालबालिका भविष्यका खम्बा रहेकाले उनिहरूलाई समय-समयमा क्षमता विकास सम्बन्धि तालिम दिन आवश्यक रहेकाे बताउनुभयाे।अध्यक्ष जिसिले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा लागू गर्न बालबालिकाहरूलाई सुझाव समेत दिनुभयाे ।

कार्यक्रममा वडा सदस्यहरू मान बहादुर राना,शाेभाराम भण्डारी,दिवानी चाैधरी,डिला विश्वकर्मा लगाएत सम्पुर्ण वडा कर्मचारीहरूकाे सहभागिता रहेकाे थियाे ।

साहायता केन्द्र नेपालका कोषाध्यक्ष दुबिसरा वलिको स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रमकाे सञ्चालन ओद बहादुर भण्डारी (गणेश) ले गर्नुभएकाे थियाे ।

३ दिनसम्म सञ्चालन हुने तालिमकाे प्रशिक्षकहरूमा बाबुराम न्याैपाने,बिमल केसि,सुशील बस्नेत,निर्मल नेपाली,शुभम देवकोटा र ओद बहादुर भण्डारी रहनुभएकाे छ।

प्रकाशित मिति : २०८० माघ ११ गते बिहिवार