२०८० फाल्गुन १३ गते आइतवार

राप्ती बाल एकेडेमीले मनायो १५ औं वार्षिकोत्सब



तुलसीपुर, १३ माघ ।

राप्ती बाल एकेडेमीले १५ औं वार्षिकोत्सब तथा अभिभावक भेला गरेको छ । विद्यालयले शनिबार विभिन्न कार्यक्रम गरि वार्षिकोत्सब मनाएको हो ।

वार्षिकोत्सब कार्यक्रममा बोल्ने वक्ताहरूले अभिभावक,शिक्षक र विद्यार्थीको मेहनतले शिक्षामा सुधार ल्याउन सकिनेमा जोड दिएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र कुमार पाण्डेको अध्यक्षता तथा एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष सुवोध कुमार डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले बालबालिकाको शैक्षिक सुधारमा अभिभावक पनि जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेशनल प्याव्सन दाङका अध्यक्ष भोजराज न्यौपाने, नेशनल प्याव्सन तुलसीपुरका सचिव शालिकराम कार्की, मेरी गोल्ड बोर्डिङ स्कुलका प्रधानाध्यापक बासुदेव रिजालले लगायतले मन्तव्य राख्नुभएको छ ।

विद्यालयका संस्थापक प्रधानाध्यापक सुर्यप्रकास शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यार्थीहरु निर्माण गरेका विभिन्न विज्ञान तथा आफ्ना कलाहरु प्रदर्शनीमा राखेको थिए ।

त्यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो भने विद्यार्थीले नृत्य, गित, खेलहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका प्रधानाध्यापक ठाकुर डाँगीले गर्नुभएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको विद्यालयले संस्कारसहितको शिक्षा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : २०८० माघ १३ गते शनिवार