२०८१ असोज २१ गते सोमवार

विज्ञान शिक्षकहरूलाई एक दिने अभिमुखिकरण तालिम 



तुलसीपुर,१५ माघ ।

विज्ञान शिक्षकहरूका लागि तुलसीपुरमा एकदिने अभिमुखिकरण कार्यक्रम गरिएकाे छ ।

विज्ञान शिक्षक समाज नेपाल (STAN), तुलसीपुर नगर कार्य समितिको आयोजना एवं शिक्षा, युवा तथा खेलकुद महाशाखा तुलसीपुरको समन्वय र डाँगी स्टेशनरीको व्यवस्थापनमा विज्ञान शिक्षकहरूका लागि एक दिने अभिमुखीकरण तालिम तुलसीपुरमा सम्पन्न भएको हाे ।

विज्ञान शिक्षक समाज तुलसीपुरका अध्यक्ष रुपेश गुप्ताको अध्यक्षता तथा शिक्षा, युवा तथा खेलकुद महाशाखा तुलसीपुरका प्रमूख चक्र भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हो ।

कक्षा ८,९ र १० को विज्ञान तथा प्रविधि विषयको निर्धारित पाठ्यक्रमका विषयमा अभिमुखिकरण तालिमकाे आयाेजना गरिएको थियाे।

तालिमकाे प्रशिक्षकमा पाठ्यक्रम  विज्ञ तथा विज्ञान पुस्तकका लेखक डा.चिन्तामणी पन्थी रहाुभएकाे थियाे ।

तुलसीपुर उपमहानगरपालिका सहित शान्तिनगर, दंगीसरण र बबई गाँउपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका १ सय ३ जना शिक्षकहरूकाे तालिममा सहभागिता  रहेकाे थियाे ।

अभिमुखिकरण कार्यक्रममा स्टानका  लुम्बिनी प्रदेश संयोजक गिरिराज लम्साल, प्रदे! सदस्य मान बाहदुर बस्नेत, सल्हाकार विष्णु भण्डारी, विजय जिएम. ,तिलक साहु, थानेश्वर आचार्य,अरुण आचार्य, नोभा पब्लिकेसन्सका लुम्बिनी प्रदेश इन्चार्ज तिर्थ डाँगीको समेत सहभागिता रहेकाे  थियाे ।

स्टानका उपाध्यक्ष नारायण बस्नेतको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव दिपक ओलीले गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : २०८० माघ १५ गते सोमवार