दाङ,१६ माघ ।
तुलसीपुर–९ वेलुवामा रहेको सगरमाथा इङलिस स्कुलले आज(मंङगलवार) शहिद दिवसको अवसरमा विशेष कार्यक्रम गरेको छ । विद्यालयका सिइओ यमकान्त खरेलको अध्यक्षता तथा राप्ती बबई क्याम्पसका पुर्ब क्याम्पस प्रमुख एवं अधिवक्ता शालीकराम रेग्मीको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि रेग्मीले इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र , राष्ट्र र स्वतन्त्रता सहित जनताका पक्षमा भएको आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरुले देखाएको बाटोमा हिडे मात्र शहिदहरुको सम्मान हुने बताउनुभयो ।
साथै उहाँले मुलुकमा पछिल्ले अवस्थामा झैझगडा र दुर्घटनामा ज्यान गुमाएको ब्याक्तीलाई समेत सहिद घोसणा गर्नुपर्ने र १० लाख आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनले शहिदको अपमान गरेको कुरामा जोड दिनुभएको भएको बताउनुभयो।
अन्तरक्रिया कार्यक्रममा विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिका पर्यटन शाखा प्रमुख झरेन्द« खरेलले विद्यार्थीहरुलाइ सहिदको अर्थ र शहिदले देखाएको बाटो विषयमा प्रकाश पार्नुभएको थियो । उहाले शहिदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरेतापनी सहिदहरुका सपनाहरू अधुरै रहेकोमा दुःख व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा अर्का विशिष्ट अतिथि नेकपा कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रदीप वलीले विद्यालयले यसप्रकारका कार्यक्रमको आयोजना गरि विद्यार्थीलाई शहिदप्रतिको सम्मान र उनिहरुले देखाएको बाटोमा हिड्न प्रेरित गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
पछिल्लो अवस्थामा विद्यार्थीहरुमा बिदेशको मोह बढदै गएकाले देशभक्ती भबना हराउदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।विद्यार्थीहरुलाइ देशप्रतिको माया जगाउनमा यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने भन्दै प्रशंसा समेत गर्नुभयो ।
प्रधानाध्यापक छविकुमार वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कार्यक्रम प्रमुख शरद शर्मा मजगैयाले गर्नुभएको थियो ।