२०८१ फाल्गुन २ गते शुक्रवार

महतारा दम्पत्तीको महायज्ञमा सहयोग



दाङ, १६ माघ । समाजसेवी महतारा दम्पत्तिले महायज्ञमा आर्थिक सहयोग गरेका छन् । तुलसीपुर उपमहानगरपालिका- ६ बस्ने टोप बहादुर महतारा र गिता बिष्ट महताराले २५ हजार १ सय ५ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । महतारा तुलसीपुरस्थित दमारगाउँमा रहेको चर्चको पाष्टर समेत रहेका महताराले श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा पुगेर आर्थिक सहयोग गरेका हुन् ।

मानविय सेवा सबैभन्दा ठुलो धर्म भएको भन्दै आफुले सक्दो सहयोग गरेको उनले बताए । धर्म र आस्था आ-आफ्नो हुने भएपनि असल कार्य गर्न कुनै जात,धर्म र समुदायले असर नगर्ने उनको भनाई छ । विगतका महायज्ञहरुमा पनि आर्थिक सहयोग गरेको बताउँदै उनले मानवता प्रवद्र्धनमा सबै एकजुट बन्न आग्रह समेत गरे । ‘मानवीय सेवा सबैभन्दा ठुलो धर्म हो, यसका जात,धर्म र आस्था भन्ने कुरा नै आउँदैन, मानव भएर जन्म लिएपछि मानवता जगाउनुपर्छ त्यो नै सबैभन्दा महत्वपूणर् हुन्छ, उनले भने-‘हरेक जात धर्म समुदायका व्यक्तिहरु मानव समाज बचाउन एकजुट हुनुपर्छ ।’

प्रकाशित मिति : २०८० माघ १६ गते मङ्गलवार