२०८१ कार्तिक १९ गते सोमवार

पेट्रोलियम पदार्थ सहित खाना पकाउने ग्याँसको मूल्यपनि बढ्यो



दाङ, १८ माघ ।
नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल  प्रतिलिटर ४।५३ रुपैयाँ र  डिजेल,मट्टीतेल प्रतिलिटर २।३२ रुपैयाँले बढेको छ।

अब पेट्रोलको मूल्य क वर्ग (चारआली विराटनगर, जनकपुर, अमलेखगञ्ज,भलवारी, नेपालगञ्ज , धनगढी र बिरगञ्ज) मा प्रतिलिटर १६७ रुपैँया ५० पैसा  र  डिजेल र मट्टीतेलको प्रतिलिटर  १५५ रूपैँया ५० पैसा कायम भएको छ ।

यस्तै ख वर्ग (दाङ र सुर्खेत)मा पेट्रोल प्रतिलिटर १६९ रुपैँया , डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५७ कायम गरिएको छ । यस्तै ग वर्ग (काठ्माण्डौ, पोखरा र दिपायल)मा पेट्रोल प्रतिलिटर १७० रुपैँया कायम गरिएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५८ कायम गरिएको छ ।

खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर १५ रुपैँयाले बढेको छ । जस अनुसार खाना पकाउने एल.पि ग्याँसको मूल्य १ हजार ९ सय १० रुपैँया कायम भएकोे छ । नयाँ मूल्य माघ १८ गते बिहान १ बजेदेखि लागु भएको निगमले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ १८ गते बिहिवार