तुलसीपुर, १८ माघ ।
मौसम अन्य दिनभन्दा बिहिवार अलि बढी नै चिसो थियो । सिमसिमे पानीमा छाता ओढेर बिद्यार्थीहरु विभिन्न खानेकुराका परिकार स्कुलको प्राङगनमै तयार बनाइरहेका थिए ।
कोही पकाउन व्यस्त देखिन्थे भने केहि बिक्रि गरीरहेका थिए । घरको भान्सामा खास्सै चासो नदिने छोराछोरीले आज भने विद्यालयमा पकाउन कस्सिएका छन । उनिहरुले पकाएको थरीथरीका परिकारहरु अभिभावकहरु बडो हर्षका साथ किनेर खाइरहेका थिए ।व्यापार कसरी धेरै गर्ने प्रर्तिसपर्धा चलिरहेको छ ।
तातो–तातो खानेकुरा खान यता आउनुहोस् ! सस्तोमा राम्रो यता पाइन्छ ।
यो दूश्य तुलसीपुर–९ वेलुवामा रहेको सगरमाथा बालबाटिका इङ्गलिस स्कुलको हो । विद्यालयले नजिकिएको बार्षिकोत्सवका अवसरमा बिहिबार आयोजना गरेको खाना प्रदर्शनी तथा अभिभावकका लागी निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो ।
दिक्षा शाह अहिले कक्षा १० मा अध्ययनरत छिन । बिहिबार उनले विद्यालयमै विभिन्न खानेकुराका परिकारहरु बनाउन सिकेर परिकारलाइ विक्रि गरिन । ‘हामी विद्यालयमा सिद्धान्तमात्र पढ्ने होइन्, व्यवहारीक शिक्षा पनि पढ्न पाएका छौँ ।’ उनले भनिन-‘ पढेर मात्रै भन्दा प्रयोगात्मक अभ्यास गर्न पाउँदा बुझ्न धेरै सजिलो हुने रहेछ ।’
प्रज्वल चौधरी कक्षा ८ मा पढ्छन । उनले घरमा आमाले तयार गरेका ढिक्रि खाएका थिए तर बनाएका भने थिएनन । बिहिबार उनले स्कुलमै ढिक्रि बनाएर बेचे । व्यापारमा फाइदा भएपछि मुनाफा भएको रकम समुहमा बाँडे ।
विद्यालयले पढ्दै कमाउदै कार्यक्रम अन्तरगत आयोजना गरेको खाना महोत्सवमा परिकार बेचेर बचत गर्न सफल भएकोमा खुशी लागेको बताए् । ‘सँधैजसोे चाहिएका बखत बा-आमा संग पैसा माग्ने गरको छुु ।’ उनले भने-‘अब घरमा गएर पैसा माग्ने मात्रै होईन व्यवसायीक योजना बनाएर बा-आमालाई सघाउँछु ।’
सगरमाथा बालबाटिका इङ्गलिस स्कुलका कार्यक्रम संयोजक शरद शर्मा मज्गैँयाले विद्यार्थीलाई पढ्दै कमाउदै कार्यक्रम अन्तरगत व्यवहारीक शिक्षा प्रदान गर्ने उद्देश्यले खाना महोत्सबको आयोजना गरीएको बताउनुभयो ।
‘यसअघि सामाजिक शिक्षा प्रयोगात्मक रुपमा अध्ययन गराउन विद्यार्थीलाई खोलामै लगेर पढाएका थियौँ ।’ उहाँले भन्नुभयो-‘ विद्यार्थीलाई सिर्जनात्मक बनाउन हरेक महिना नविनतम् काम गर्दे आएका छौँ ।’ उहाँले यसपटक व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले खाना महोत्सब सञ्चालन गरिएको बताउनुभयो।
विद्यालयका प्रधानाध्यापक छविकुमार वलिले बालबालिकालाई व्यवहारिकरुपमै ज्ञान र सिप सिकाउने लक्ष्य अनुसार कार्यक्रमको आयोजना गरीएको बताउनुभयो । ‘सैद्धान्तिक कुराहरुले मात्रै विद्यार्थी पुर्ण नहुने भन्दै व्यवहारिकरुपमा ज्ञान प्रदान गर्न विद्यार्थीलाई समुहमा विभाजन गरेर काम संगै दाम कमाउन सिकइएको छ ।’ उहाँले भन्नुभयोे-‘आगामी दिनमा यो अभियानलाई थप प्रभाबकारी बनाउने योजनामा छौँ ।’
खाना महोत्सबसंगै अभिभवकहरुका लागगि स्वास्थ्य शिविरको समेत आयोजना गरिएको थियो ।अभिभावक स्वस्थ भएमात्र बालबालीकाको स्वास्थ्यमा ध्यान दिन सहज हुने बताउदै अभिभावकका लागि एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको प्रअ वलीले बताउनुभयो । स्वास्थ्य शिविरमा सुगर तथा प्रेसरको जाँच गरिएको थियो ।