२०८१ माघ १२ गते शनिवार

नेपाल राष्ट्रिय कर्मचारी संगठनले १६ औं स्थापना दिवस मानबसेवा आश्रममा मनायाे



दाङ,२० माघ ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन दाङले १६ औं स्थापना दिवस मनाएकाे छ । लुम्बिनी प्रदेश समिति र दाङ जिल्ला समितिले संयुक्त रूपमा कार्यक्रम गरेर स्थापना दिवश मनाएका छन्।

आज (शनिवार) दाङकाे  तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ गाइडहरमा रहेकाे मानव सेवा आश्रममा रहेका  मानवहरूलाई बिहानकाे खाना खुवाएर संगठनले स्थापना दिबस मनाएकाे छ ।

मानवसेवा आश्रम तुलसीपुरमा निस्वार्थ भावले नाना, खाना र छानाबाट वञ्चित भएका सडकपेटीमा रहेका जिउदा लक्ष्मी नारायण र बाल गोपाल ( आश्रममा रहने बेसहारा ) हरुकाे सम्मानस्वरूप बिहानको भोजन गराईएकाे  केन्द्रिय सदस्य शान्तराज गाैतमले जानकारी दिनभयाे ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन दाङका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा भएकाे कार्यक्रमा केन्द्रीय सदस्य शान्तराज गाैतम, पुर्व केन्द्रीय सदस्य मस्त बहादुर थापा , नेपाल राष्ट्रिय कर्मचारी महासघ दाङका अध्यक्ष किरण पाेखरेल लगाएतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

दाङ जिल्ला  समितिका काेषाध्यक्ष मनाेज विष्टकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजिकरण सचिव अमर वलीले गर्नुभएको हाे ।

संगठनकाे स्थापना दिवसका अवसरमा आश्रममा रहेका आश्रमका गरिमा तथा बालगाेपालहरूलाई खाना खुवाएर असल कर्म गरेकाे भन्दै मानव सेवा आश्रम दाङका प्रमुख हिरू जाेशीले कार्यक्रम सफलताकाे शुभकामनासंगै धन्यवाद दिनुभयाे । असल कर्मले समाजमा सहयाेगी भावनाकाे विकासमा थप सहयाेग पुग्ने अपेक्षा गरीएकाे छ ।

प्रकाशित मिति : २०८० माघ २० गते शनिवार