दाङ, २२ माघ ।
विज्ञान शिक्षक समाज दाङको अध्यक्षमा रामसुरत यादव चयन हुनुभएको छ । समाजको आइतबार घोराहीमा भएको दोस्रो अधिवेशनले यादवको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समाजको उपाध्यक्षमा राजेन्द्र घिमिरे, सचिवमा तिलक शाहु, सहसचिवमा बसन्त खनाल, कोषाध्यक्षमा शान्ति सुवेदी चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा बबई गाउँपालिकाबाट नन्दलाल तिवारी र लाल बहादुर कवँर, दंगिशरणबाट लक्ष्मण बस्नेत र चन्द्रलाल जैशी, शान्तिनगरबाट बासुदेव शर्मा, तुलसीपुर उपमहानगरपालिकाबाट रुपेश गुप्ता र तीर्थराज शर्मा, घोराही उपमहानगरपालिकाबाट प्रकाश गौतम र श्रृर्जन अधिकारी, बंगलाचुलीबाट तुलसी वाग्ले र घनश्याम पौडेल, लमही नगरपालिकाबाट कृष्ण केसी र दिपक चौधरी चयन हुनुभएको छ ।
यस्तै राप्ती गाउँपालिकाबाट विष्णुप्रसाद पोखरेल र पूणर् वली, गढवा गाउँपालिकाबाट सुर्य प्रकाश बर्मा र योगनारायण चौधरी, राजपुर गाउँपालिकाबाट केशवराम यादव र मान बहादुर केसी चयन हुनुभएको छ ।
यसैगरी प्रदेश प्रतिनिधिमा डिल्लीकान्त आचार्य, मानबहादुर बस्नेत, अर्जुनकुमार न्यौपाने र थानेश्वर आचार्य चयन हुनुभएको छ । पद्मोदय नमुना मावि घोराहीमा अधिवेशन भएको हो ।
जिल्ला अध्यक्ष बसन्ता पौडेलको अध्यक्षता तथा केन्द्रिय वरिष्ठ उपाध्यक्ष विकास गौतमको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन गरिएको हो ।
त्यस अवसरमा केन्द्रीय सदस्य कृष्ण केसी, पद्मोदय नमुना माविका प्रधानाध्यापक लोक बहादुर बस्नेत, विज्ञान शिक्षक रोल्पाका अध्यक्ष नेत्रलाल भट्टराई, निवर्तमान संयोजक मानबहादुर बस्नेत लगायतले अधिकार रक्षाका लागि पेशागत एकता आवश्यक भएको बताउनुभयो । कार्यक्रमको सहजीकरण सचिव गिरीराज लम्सालले गर्नुभएको हो ॥