२०८१ फाल्गुन २ गते शुक्रवार

चेक अनादर मुद्दामा फरार प्रतिवादी डेढ् वर्ष पछि पक्राउ



दाङ, २२ माघ ।
दाङमा चेक अनादर मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले डेढ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ नयाँबस्तीका ४५ वर्षीय उमेन्द्र बहादुर वली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

दाङ जिल्ला अदालतबाट २०७९ भदौ ६ गते दुई वर्ष कैद सजाय भए लगत्तै वली फरार रहेका थिए । फरार वलीलाई खोजतलास गदै जादा हिजो आइतबार घोराही १६ लेटारमा लुकिछिपी बसीरहेको अबस्थामा पक्राउ गरेको मल्लले जानकारी दिनुभयो ।

पक्राउ परेका वलीलाई आज सोमबार दाङ जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ॥

प्रकाशित मिति : २०८० माघ २२ गते सोमवार