तुलसीपुर, २२ माघ ।
दाङको तुलसीपुरमा जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
गत माघ १० गते तुलसीपुर बस्ने २७ वर्षको महिलालाई कोठा भाडामा बस्ने तुलसीपुर ३ का ३६ वर्षीय भागीराम सुनारले जबजरस्ती करणी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रभावितले प्रहरीमा जाहेरी दिएपछि फरार भएका प्रतिवादी भागीराम सुनारलाई खोजतलास गर्ने क्रममा हिजो आइतबार सुनारकैै घरबाट पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।
यस्तै माघ २० गते १५ वर्षीय किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर १२ का २१ वर्षीय अशोक चौधरी र सोही ठाँउका १६ वर्षीय किशोर रहेको प्रहरी निरीक्षक मल्लले बताउनुभयो ।
किशोरीलाई सोही वडाका कमल बुढाथोकीको खाली गोठमा लगी जबजरस्ती करणी गरेको भन्ने सूचनाका आधारमा सोही घटनास्थलमा रहेका १६ वर्षिया किशोरलाई पक्राउ गरेको मल्लले जानकारी दिनुभयो ।
अर्का फरार प्रतिवादी अशोक चौधरीलाई हिजो आइतबार पक्राउ गरेको प्रहरी निरीक्षक मल्लले बताउनुभयो ।
पक्राउ परेका तीनै जनालाई अनुसन्धानको लागि जिल्ला अदालत घोराहीबाट ७ दिनकोे म्याद थप गरिएको प्रहरीले जनाएको छ ।