२०८१ मङ्सिर २३ गते आइतवार

छिल्लिकोट प्रवेशद्वारदेखि मन्दिरसम्म पुग्ने बाटोे स्तरोन्नती गर्न टेन्डर आवह्वान



दाङ, २३ माघ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-१९ मा रहेको धार्मिक एवं पर्यटकिय ऐतिहासिक स्थल छिल्लिकोटको कालिका मालिका मन्दिर  प्रवेशद्वारको बाटोे  स्तरोन्नति गरिने भएको छ ।
छिल्लिकोटको प्रवेशद्वारदेखि कालीका मालीका मन्दिर सम्म पुग्ने बाटोको स्तरोन्नतिका लागि टेन्डर आवह्वान भएको छ । पर्यटकिय क्षेत्रका रुपमा पछिल्लो समय तिव्ररुपमा विकास भैरहेको छिल्लिकोटको प्रवेशद्वारदेखि कालिका मालिका मन्दिर सम्म पुग्ने बाटो जिर्ण भएपछि त्यहाँ पुग्ने दर्शनार्थी तथा पर्यटकहरुलाई अप्ठेरो हुने गरेको थियो ।

उक्त बाटोमा दुबैतर्फ नाला सहित स्तरोन्नतिका लागि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ ले शहरी विकास तथा भवन कार्यालय दाङमा अनुरोध गरेको थियोे ।
सोही अनुरोध अनुसार चालु वर्षमा सहरी विकास तथा भवन कार्यालय दाङबाट १७ लाख १५ हजार १ सय रुपैँया १२ पैसामा प्रवेशद्वारदेखि मन्दिरसम्म पुग्ने बाटोका लागि टेन्डर आवह्वान भएको वडा अध्यक्ष प्रेमनाथ योगीले बताउनुभयो ।

चालु वर्षमै छिल्लिकोटको कालिका मालिका क्षेत्रको संरक्षण तथा प्रबर्द्धन गर्न नेपाल पर्यटन बोर्डबाट पैतिस लाख रूपैया विनयोजन भैसकेको छ । जसमध्य पाँच लाख रुपैयामा छिल्लिकोट पुग्न चोरकोटदेखि मालीका मन्दिरसम्म सिढी निर्माण गरीने छ ।

तुलसीपुर उपमहानगरपालीका भित्र रहेका अन्य वडाहरूको तुलनामा १९ नम्बर वडाको बिकट क्षेत्र रहेपनि पर्यटन तथा धार्मिक दृष्टिकोणले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न विभिन्न निकायसंग समन्वयको काम भैरहेको अध्यक्ष योगीले बताउनुभयो ।

छिल्लिकोटमा देश कै दोस्रो लामो जिपलाइन सञ्चालनको अन्तिम चरणमा रहेको छ । २०७८ साल जेठदेखि निर्माण शुरु गरेको जिपलाइन सञ्चालनको अन्तिम चरणको काम भैरहेको छ । छिल्लिकाेट रिसाेर्ट एण्ड थ्री स्टार कम्पनीका अनुसार करिव ९५ प्रतिशत काम सकिएकाले आउदो चैते दशैँ सम्म सञ्चालमा ल्याउने तयारी छ ।


छिल्लिकाेटमा बास बस्नको लागि होमस्टेको व्यबस्था पनि रहेको छ । ऐतिहासिक एवं धार्मिकस्थल मालिका कालिकाको मन्दिर तथा विश्वकै दुर्लभ वनस्पति सुगन्ध कोकिलाको मनोरम वनले छिल्लीकोट प्रख्यात छ ।

पर्यटकहरुले मालिका कालिकाको मन्दिर दर्शन, छिल्लीकोटे राजाको ऐतिहासिक दरबारको भग्नावशेष, भ्युटावरबाट दृश्यावलोकन, उत्तरी हिमशृङ्खलाहरुको मनोरम परिदृश्य, मालागेडीको बन, चराचुरुंगीहरुको मधुर स्वरलगायत थुप्रै प्राकृतिक मनोरम दृश्यहरुको अवलोकन गर्न पाउने छन् । छिल्लिकोट तुलसीपुरबाट करिब १८ किमि पूर्व उत्तरमा रहेको छ ।

प्रकाशित मिति : २०८० माघ २३ गते मङ्गलवार