
तुलसीपुर,२७ माघ ।
तुलुसीपुर उपमहानगरपालिका-१८ मा रहेको जुरपनिया मैनातारा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको आठौं साधारणसभा आज शनीवार सम्पन्न भएको छ । समितिका अध्यक्ष रामकुमार डाँगिको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा प्रमुख अतिथि खडकाले-खानेपानी पछिल्लो समयमा चुनौतिपुर्ण भएकोले अब खानेपानीको मुहानको बैकल्पिक खोजी गर्न आवश्यक रहेको बताउनुभयो।
खानेपानीलाइ नेपालको संविधानले पनि मौलिक हकका रुपमा स्थापित गरेको उल्लेख गर्दै कार्यक्रमका प्रमुख अतिथि टिकाराम खड्काले नेपाल सरकारले अघि सारेको एक घर एक धाराको नितिलाइ प्रभावकारी रुपमा कार्यान्वयन गर्न पनि संस्थालाइ आग्रह गर्नुभयो । संस्थाले ८ सय ३० धारा उपभोक्तालाइ वितरण गरीसकेको छ भने आगामी दिनमा १४ हजार उपभोक्ताहरुलाइ सहज रुपमा खानेपानी उपलव्ध गराउने तयारी समेत गरेको छ ।
खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष शेषमणि कुवँरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संस्थाका सचिव दामोदर बस्नेत (राकेश)ले संस्थाको बार्षिक सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कोषाध्यक्ष याम वहादुर केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका-१८ का अध्यक्ष माधव वली, वडा नम्बर १९ का अध्यक्ष प्रेमनाथ योगि, नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका-१८ का सभापति विरेन्द्र खड्का, नेकपा एमालेका तुलसीपुर -१८ का अध्यक्ष मुकेश वलि , नेकपा माओवादी केन्द्रका लोकवहादुर बहकरी, संस्थाका सल्लाहकार हिम वहादुर डांगि, वेलझुण्डि खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष प्रदिप गौतम, छर्छरे खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव शंकर नेपाली, संस्थाका विधान मस्यौदा समितिका संयोजक लालमणि पौडेल, शेवन पौडेल लगायतकाले शुभकामना व्यक्त गर्नुभएको थियो ।
साधारणसभाको सहजीकरण समितिका सचिव राकेश बस्नेतले गरेका थिए । साधारणसभाको बन्द सत्रले सचिव तथा कोषाध्यक्षका बार्षिक एवं आर्थिक प्रतिवेदनलाइ सर्वसम्मत अनुमोदन गर्दै विधान संसोधन मस्यौदाको प्रस्ताव समेत सर्वसम्मत रुपमा पारीत गरेको छ।