
तुलसीपुर, २९ माघ ।
तुलसीपुर महोत्सवमा आज रमेशराज भट्टराई आउनुहुने भएको छ । महोत्सवको आज छैठौँ दिन चर्चित गायक रमेशराज भट्टराई, हाँस्य कलकार पुरुषोत्तम भण्डारी (पुर्खे बा) लगायतका कलाकार आउने भएका हुन् ।
माघ २४ गतेदेखि शुरु भएको महोत्सवमा दिनप्रतिदिन दर्शकको सहभागिता बढ्दै गएको महोत्सव मूल आयोजक समितिका संयोजक रामप्रसाद चालिसेले बताउनुभयो । महोत्सवमा आज पनि राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
महोत्सवमा आज गायिका जालुमाया गुरुङ, लक्ष्मी बस्नेत, गायक पिताम्बर रिजालको पनि प्रस्तुती रहने भएको छ । महोत्सवमा दर्शकको सहभागीता उल्लेख्यरुपमा बढ्दै गएपछि सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।
प्रकाशित मिति : २०८० माघ २९ गते सोमवार