२०८१ भाद्र २२ गते आइतवार

प्रहरीले नै यसरी गरे डिउटीमै रहेकी प्रहरी जवान थापाकाे हत्या



दाङ, ४ फागुन ।
बिहिवार साँझ ६ बजेदेखि १० बजेसम्म २६ वर्षिय प्रहरी जवान धनमाया थापाकाे डिउटी घाेराहीकाे दामाेदर चाेकमा थियाे ।

साँझकाे आठ बजिसकेकाे थियाे । बजारमै भएकालेे चारैतिर बलेको बत्तीको उज्यालो थियाे ।

धनमायासंगै अरू प्रहरी जवान पनि थिए । करिब साढे आठ  बजेतिर अचानक उनीमाथि गाेलि चल्याे ।

तीन राउन्ड गाेलि चलाएर पल्सर माेटरसाईकलमा आएका युवा फरार भए । धनमायाकाे गाेलि छाति र काेखामा लागेकाे छ ।

लगत्तै उनलाई राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा लगियाे । रातिको करिब पाैने ९ बजेतिर उनकाे निधन भयाे ।

उनको हत्या गर्ने अरू काेही थिएन । श्रीमानले नै उनकाे हत्या गरेका थिए । नागरिकको सुरक्षार्थ खटिने धनमाया श्रीमानबाटै असुरक्षित भईन् ।

प्रहरीले हत्यामा संलग्न ३५ वर्षिय यमबहादुर झाँक्रीलाई भे १२ प ११५० नम्बरको पल्सर माेटरसाईकलसहित पक्राउ गरिसकेको छ ।

उनलाई लमहीबाट पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयाे ।

यामबहादुर पनि प्रहरी नै हुन् । धनमाया वडा प्रहरी कार्यालय घाेराहीमा कार्यरत थिईन ।

उनकाे विवाह प्युठानकाे नाैबहिनी गाउपालिका वडा नम्बर ४ खबाङका झाँक्रीसंग भएकाे थियोे ।

यमबहादुर प्रहरी सहायक हवल्दारकाे पदमा नेपाल प्रहरी आवासीय मावि घाेराहीमा दरबन्दी भई कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत तर अहिले नेपालगञ्ज बाँकेमा कार्यरत रहेका थिए ।

प्रहरी स्राेतका अनुसार धनमाया श्रीमानसंग अलग हुन खाेजेकी थिईन । उनले डिभाेर्सका लागि दाङ जिल्ला अदालतमा मुद्दा हालेकी थिईन् । अपराधकाे मुख्य कारण नै यहि मानिएकाे छ ।

उनकाे माईति सुर्खेतकाे पञ्चपुरी नगरपालिका -९ विद्यापुर हाे । थप जानकारी आउन बाँकी छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ४ गते शुक्रवार