तुलसीपुर,४ फागुन ।
गुरुकुरुल एकेडेमी तुलसीपुरले त्रिशिद्धेस्वरी मन्दिर परीसर सरसफाई गरेको छ । गुरुकुल एकेडेमी समुदायमा भन्ने मुल मन्त्रलाई लिएर समाजमा रहेको धार्मिक स्थल सरसफाई गरीएको हो ।
समुदाय संग सम्बन्धित काम अन्तर्गत गुरुकुल एकेडेमीको नेतृत्वमा आज एक कार्यक्रमको आयोजना गरी सरसफाई गरीएको हो । धार्मिक स्थल जँहा बृद्ध देखि बालबालिका सम्म जाने ठाँउलाई सदैब सफा हुनुपर्छ भन्ने योजनाका साथ समाजमा जनचेतना फैलाउने उद्धेश्यले मन्दिर परीसर सरसफाई गरीएको गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले बताउनुभयो ।
सरसफाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बालरोग बिशेषज्ञ डा.किशोर खत्रिले वातावरणीय सरसफाईमा ध्यान दिएमात्र मानिसको स्वास्थ्य स्वस्थ हुने भएका कारण हरेक क्षेत्र सफा राख्नुपर्ने बताउनुभयो ।
गुरुकुल एकेडेमीका प्रधानाध्यापक मुकुन्द गिरीको अगुवाईमा भएको कार्यक्रमा मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष देवराज धिताल , डां किशोर खत्रि सहितका ब्यक्तिहरुको सहभागिता रहेको थियो । गुरुकुल एकेडेमीको सामाजिक कार्यमा जोडिने सम्पुर्ण ब्यक्तिहरुलाई विद्यालयले धन्यबाद समेत प्रदान गरेको छ