दाङ, ९ फागुन ।
राप्ती बबई क्याम्पस तुलसीपुरमा अध्ययनरत विद्यार्थीको निधनमा क्याम्पसले शोक बिदा दिएको छ । स्नातक तह व्यवस्थापन सङ्काय दोस्रो वर्षमा अध्ययनरत वालकृष्ण पुनको मोटरसाईकल दुर्घटनामा निधन भएपछि बिदा दिएको होे ।
क्याम्पसले आज एक शोक विज्ञप्ती जारी गरेर पुनको निधनप्रति दुःख व्यक्त गरेको छ । दुखद घडिमा परिवारमा समबेदना प्रकट गर्दे फागुन १० गतेका दिन क्याम्पसमा शोक बिदा दिएको सूचनामा भनिएको छ । क्याम्पस प्रशासनका अनुसार उहाँले स्नातक तह व्यवस्थापन सङ्काय दोस्रो वर्षका लागि नियमित परिक्षा दिन फाराम समेत भरिसक्नुभएको थियो ।
तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको २१ वर्षका पुनले चलाएको रा ५ प ५४५३ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट आँउदै गरेको बा २ झ ३६५२ नम्बरको बोलेरो पिकअपसंग घोराही-१६ सर्रा चोकमा बुधवार विहान ठोकिदा पुन को मृत्यु भएको थियो ।
पुन सानी आमाको छोरा दाजु नेत्र भण्डारीलाई घोराहीसम्म मोटरसाईकलमा छोड्न जाँनुभएको थियो । घोराही-१६ सर्रामा भएको दुर्घटनामा परेर दाजुभाईको मृत्यु भएको हो ।
पुनकोे घर रोल्पाको त्रिवेणी गाँउपालिका वडा नं ५ गुइतिवाङमा हो । भने अध्ययन र व्यवसायको शिलशिलामा तुलसीपुरमा दिदिसंग बस्दै आउनुभएको थियो ।