तुलसीपुर, १० फागुन ।
तुलसीपुरमा राईट ग्रुप मल्टिप्रपोज कम्पनीले फेरी अर्को व्यवसाय संचालनमा ल्याएको छ । ग्रुपले स्वास्थ्य सम्बन्धी व्यक्तिगत हेरचाह एवं स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले हेल्थ घर सञ्चालनमा ल्याएको हो । व्यक्तिगत स्वास्थ्य सम्बन्धी छालाको हेरचाह, कपालको हेरचाह, सौन्दर्य,पोषण,भिटामाीन, रिह्याव सम्बन्धी औषधोपचार सेवा एवं सर्जिकलका सामानहरु, ह्विलचिएर, पल्समिटर, नेक बेल्टदेखी लिएर व्यक्तिगत हेरचाहका लागी चाहिने स्मपुणर् सामानहरु प्राप्त गर्न सकिने राईट ग्रुपका अध्यक्ष हरि प्रसाद रिजालले बताउनुभयो ।
उहाँका अनुसार स्वास्थ्य घरले प्रवाह गर्न खोजेको उद्देश्य सम्भवतः नेपालकै पहिलो रहेको हुनुपर्ने बताउनुभयो । ‘हाम्रो संस्थाले प्रदान खोजेको सेवा नेपालमै पहिलो भएको महशुस गरेका छौ ।’ उहाँले भन्नुभयो-‘निकट भविष्यमै लुम्बिनी प्रदेश सहित देशका विभिन्न स्थानमा शाखा विस्तार गर्ने योजनामा छौ । पछिल्लो समय जिल्ला र देश बाहिर समेत गएर नागरिकले स्वास्थ्य जाँच गराउने गर्नुभएको छ । तर नियमित सेवन गर्ने औषधी आफ्नै ठाँउमा नपाउदा दुःख पाईरहनुभएको छ । जुन कुरा हामीलाई महशुस भएको छ । अब ति सबै प्रकारका मेडिसिन हामी कहाँ सजिलै पाइन्छ ।’
पछिल्लो समय ठुलो रकम खर्च गरेर विदेश जाने परिपाटीको स्थिति सिर्जना भईरहेकाबेला स्वदेशमै रोजगारी दिने गरी व्यवसाय संचालन गर्न पाउँदा निकै खुशी लागेको अध्यक्ष रिजालले बताउनुभयो । हेल्थ घरमा मात्रै ३ जनालाई प्रत्यक्षरुपमा रोजगारी प्रदान गरिएको छ । तुलसीपुर-५ स्थित राप्ती लाईफ हस्पिटल चोकमा ५५ लाखको लागतमा सञ्चालनमा आएको हेल्थ घरको बिहिबार उद्घाटन गरिएको हो । यो राईट ग्रुपको पाँचौ प्रोजेक्ट हो । संस्थाले यस अघि आरजिएम सर्जिकल हाउस, आरजिएम प्राविधिक शिक्षालय,आरजिएम एम्बुलेन्स सेवा र आरजिएम ड्रागन फर्म सञ्चालन गरिरहेको छ ।
बिज्ञापन समाचार