२०८१ असोज १९ गते शनिवार

प्रतिष्ठानले सञ्चालनमा ल्यायो ३० वेडको अत्याधुनिक सर्जरी वार्ड



दाङ,१० फागुन ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अत्याधुनिक जनरल सर्जरी वार्ड सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानले ३० वेडको सर्जरी वार्ड सञ्चालनमा ल्याएको हो । प्रतिष्ठानका उपकुलपति डा.विकास लामिछानेले रिवन काटेर सर्जरी वार्डको उद्घाटन गर्नुभएको हो ।

उहाँले प्रतिष्ठानको सेवा विस्तारमा दिनरात लागि परेको भन्दै नयाँ सर्जरी वार्ड सञ्चालन गर्न पाँउदा खुसि लागेको बताउनुभयो । प्रतिष्ठानका चिकित्सक, कर्मचारी, नर्स, स्वास्थ्यकर्मिहरुको सामुहीक पहलमा प्रतिष्ठानको सेवा विस्तार भइरहेको भन्दै अस्पताल सेवालाई अझै ब्यवस्थित र सुविधा सम्पन्न बनाउने गरी विभिन्न कामहरु अघि बढाइरहेको उहाँले बताउनुभयो ।

सर्जरी वार्ड उद्घाटन कार्यक्रममा प्रतिष्ठानका कामु निर्देशक डा.रमेश कडेलसहीत प्रतिष्ठानका चिकित्सक, कर्मचारी, नर्श, स्वास्थ्यकर्मिहरुको उपस्थिती रहेको थियो । प्रतिष्ठानको जनरल सर्जरी विभागमा एसोसियट प्रोफेसर डा.सुर्यमान गुरुङ, लेक्चरर डा। आनन्द न्यौपाने,, लेक्चरर डा.अभिषेक पौडेल र डा.आत्मनन्द वर्माले विरामिलाई सेवा दिइ रहनुभएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १० गते बिहिवार