२०८१ कार्तिक २१ गते बुधवार

खाजा खर्च बचाएर साथिलाई सहयोग



तुलसीपुर, १४ फागुन ।

सरस्वति ईङ्गलिस बोर्डिङ स्कुल तुलसिपुरका विद्यार्थिले खाजा खर्च वचाएर विरामी साथिलाई सहयोग गरेका छन् ।
विद्यालयमा अध्ययन गर्दै आएका तुलसीपुर ५ का कमल घर्ती (सुनिल) को जिवन बचाउनका लागि विद्यालयका विद्यार्थि, शिक्षक, शिक्षिका र कर्मचारीले खाजा खर्च बचाएर नगद १६ हजार २ सय ६५ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

सुनिल विगत २ वर्ष देखी कलेजाको रोगले ग्रसित भएर घरमै थलिएका छन् । कक्षा ७ मा पढ्दै गरेका १३ वर्षिय सुनिल खान र बोल्न समेत नसक्ने भएका छन् ।

कक्षा १० मा अध्पयनरत मुनलाईट कुसारीले साथिको माध्यम बाट युट्युव च्यानल रियल मिडिया नेपालमा सुनिलको भिडियो देखे पछि सहयोगको भावना जागेको वताईन ।

आफ्नो भाई सरहको मान्छेलाई थलिएको थाहा पाएपछि साथि पवित्रा डागि, मुस्कान सेर्पा, गुरु आमा पुष्पा निरौलालाई आर्थिक सहयोग जुटाउनेबारे सुनाएको र सबै मिलेर रकम संकलन गरेको कुसारीले बताउनुभयो ।

कक्षा ७ सम्म पढेका विद्यार्थिको यस्तो अवस्था थाह पाएपछि आफुहरुले पनि विद्यार्थिले थालेको आर्थिक सहयोग संकलन अभियानमा सहभागि भएको विद्यालयका सहायक प्रधानाध्यापक पुष्पा निरौलाले बताउनुभयो ।

यो सहयोग पहिलो प्रयास भएको र पछि पनि आर्थिक संकलन गर्ने विद्यालयका शिक्षक मेघराज रोकाले बताउनु भयो । विद्यार्थिले संकलन गरेको रकमलाई सुनिलको घरमै गएर रियल मिडिया नेपालका सञ्चालक एच आर मगर, यज्ञबहादुर बुढा, विकास डागी, प्रकास केसी लगाएतको रोहबरमा सुनिलकी आमा गोमा घर्ति मगरलाई प्रदान गरिएको हो ।

सुनिलको घरमा सुनिलकी दिदि हिरा घर्ति पनि उस्तै विरामी भएको बुवा वेदबहादुर घर्तिले बताउनुभयो । सहिद स्मृति विद्यालय कक्षा ८ मा अध्ययनरत १९ बर्षिया हिरा घर्ति मगर पनि विगत ४ बर्ष देखि यही रोग वाट थलिएकी छन् ।गरिव परिवार त्यसमा पनि दुई सन्तान दिर्घ रोगवाट पिडित भएपछि आफुहरु दिन रात आसुमा वित्ने गरेको आमा गोमा घर्ति मगरले बताउनु भयो ।

जेठि छोरीको विवाह भै सकेको र बाकी दुई सन्तान विरामी भएपछि घर्ती परिवारलाई आर्थिक समस्या भएको छ । दुई सन्तानलाई उपचार गर्न सक्ने आफ्नो आर्थिक अवस्था नभएपछि बुवा बेदबहादुरले आर्थिक सहयोगको याचना गर्नु भएको छ । उहाले एभरेष्ट वैंक तुलसीपुरमा रहेकाे ०३३००५०१२१६४६८ नम्वरको खातामा सक्दो आर्थिक सहयोग गरिदिन अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १४ गते सोमवार