तुलसीपुर,१५ फागुन
ज्ञानज्योती मावि तुलसीपुरमा मंगलबार नमुना संसद अभ्यासको उद्धघाट्न गरिएको छ ।
ज्ञानज्योती मावि तुलसीपुरको आयोजना, नवजागृत समाज युवा नेपालको समन्वय र नयाँ युवा,नयाँ सोच नेपालको प्राविधिक सहयोगमा कार्यक्रमको उद्धघाट्न गरिएको हो ।
ज्ञानज्योती फाउन्डेशनका सिईओ सुरेन्द« जिसिको अध्यक्षता,संविधान सभा सदस्य बुद्धिराम भण्डारीको प्रमुख आतिथ्यता एवं नयाँ युवा,नयाँ सोच नेपालका संयोजक विनोद खत्रीको विशिष्ट आतिथ्यतामा कार्यक्रम उद्धघाटन गरिएको थियोे ।
प्रमुख अतिथि भण्डारीले देशको मूल कानुन संविधानका विषयमा हरेक नागरिक जानकार हुनुपर्ने बताउनुभयो । संसदिय अभ्यासमा सांसदको कानुन निर्माणमा महत्वपूर्ण भुमिका रहने हुँदा अध्ययनशिल हुनुपर्ने उहाँको भनाई थियो ।
ज्ञान्जयोतीमा कक्षा ११ र १२ मा कानुन अध्ययन गरिहेका विद्यार्थीहरुलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रममा विशष्ट अतिथि नयाँ युवा,नयाँ सोच नेपालका संयोजक विनोद खत्रीले नेपालको संघिय संसदमा कानुन निर्माण प्रक्रियाका बारेमा प्रकाश पार्नुभएको थियो । संसदमा प्रतिनिधित्व गर्न चुनेर पठाएका प्रतिनिधिहरुले के काम गर्छन भन्ने मूख्य कुरा आम नागरिकलार्य जानकारी हुनुपर्ने उहाँले बताउनुभयो ।
ज्ञानज्योती फाउन्डेशनका सिईओ सुरेन्द« जिसिले पछिल्लो समय रोजगारीका लागि वैदेशिक रोजगारीमा जाने दर तिव्र रुपमा बढ्नु दुखद रहेको बताउनुभयो । नेपालमै बसेर कडा मेहनत र परिश्रम गरे रोजगारीका प्रशस्त सम्भावना रहेको बताउनुभएको थियो ।
नेपाली संसदिय पद्दतीको ज्ञान प्रदान गर्ने,कानुन निर्माको प्रक्रिया तथा नेतृत्व विकास गर्ने उद्देश्यसहित मंगलवारदेखि शुरु भएको नमुना संसद ज्ञानज्योती फागुन १६ गते भोली सम्म दुई दिन संञ्चालन हुने ज्ञानज्योती माविका कानुन संकाय संयोजक सोमराज बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार बुधवार विहान ७ बजे नमुना संसदको बैठक आवहन गरिएको छ ।