तुलसीपुर, १६ फागुन ।
दाङकाे तुलसीपुर-९ बेलुवामा रहेकाे सगरमाथा वालवाटिका इङलिस स्कुलले आज दङ्गिशरण-३ चखौरामा रहेको थारु संग्रहालयमा आफ्नो एकदिने कक्षा सन्चालन गरेको छ।
थारु संग्रहालयका सहायक ब्यबस्थापक नरेन्द्र चौधरीले विध्यार्थीहरुलाई शिक्षण गर्नु भएको थियो। उहाँले थारु संग्रहालयको महत्त्वको बारेमा प्रकाश पार्नुभएको थियो।
पछिल्लो समयमा थारु समुदाएको भाषा, भेषभुषा, रहनसहन एबम सस्कृती हराउदै गएको अवस्थामा विद्यार्थिलाई संग्रहालयमा कक्षा सन्चालन गर्दा संरक्षण र सम्बर्द्धनमा सगरमाथा स्कुलले गरेको अभियान सराहनीय भएको बताउनुभयो।
विद्यालयले समय-समयमा विभिन्न स्थानमा विभिन्न प्रशिक्षकहरु वाट कक्षा सन्चालन गर्दा प्रभावकारी हुने विद्यालयका कार्यक्रम प्रमुख शरद शर्मा मजगैयाले बताउनुभयो।
” फरक शैली पृथक अध्यन” सगरमाथा स्कुलको एक बिशेषता भएको कारण विद्यार्थि अरु भन्दा फरक र अब्बल बनाउन विभिन्न समयमा बिद्यालयले विद्यार्थि अतिरिक्त कक्षाहरु सन्चालन गरेको विद्यालयका प्रधानाध्यापक छविकुमार वलीले जानकारी गराउनु भयो।
“हाम्रो तुलसीपुर” पाठ्यक्रम अनुसार आज “होम स्टे” र “थारु समुदाय” को बारेमा उक्त स्थानमा कक्षा सन्चालन गरेको विद्यालयका संयाेजक तिलक डाङ्गीले जानकारी दिनुभयो।