दाङ,२६ फागुन ।
तुलसीपुर उपमहानगरपालिका -१३ शीतलपुरमा घाटगद्दी गरी राखिएको ५० हजार घनमिटर नदीजन्य पदार्थ गायव गरिएको समाचार बाहिरिएपछी अहिले उपमहानगरलाई सामाजिक संञ्जालमा टाउको दुखाईको विषय बनेको छ ।
हराएको गिट्टि बालुवा पचायरै छोडे सामाजिक सञ्जाल फेशवुकमा प्रकाश शर्माले व्यङ्ग्य गर्नुभएकाे छ । उहाँ लेख्नुहुन्छ ५० हजार घनमिटर गिट्टि बालुवा पचायरै छोडेत,अख्तियार तिरै जानुपर्ने भयो ।
गिट्टि बालुवा हराएकै विषयमा फेशवुकमा माधब कँडेल लेख्नुहुन्छ तुलसीपुरमा हराएको गिट्टि बालुवा शिवरात्रीसम्म पनि भेटिएको छैन्।
तुलसीपुर-१० का वडा अध्यक्ष यमराज केसीले सोही घट्नालाई लक्षित गर्दे बिहिबार साँझ सामाजिक सञ्जाल फेशवुकमा एउटा स्टाटस लेख्नुभएकाे छ। गिट्टी बालुवा तस्करहरुले खुलेयाम ढुवानी गर्दा पत्तो नहुने तर वडाका विभिन्न स्थानमा रहेका बाटो बनाउन निशुल्क दुई ट्रिप बालुवा ल्याउन प्रयोग गरिएका ट्याक्टर समातिएको घट्नाप्रति निराशा पोख्दै यसकोे हिसाब किताब सम्बन्धीत ठाँउमा माग्ने केसीले उल्लेख गर्नुभएको छ ।
उपमहानगर अन्तरगत लेखा समितिले नदीजन्य पदार्थ गायव भएको वा बिक्री भएको भए त्यसको राजश्व देखाउन भनेपछि घटनाको रहस्य बाहिरिएको समाचार फागुन १७ गते दाङबाट प्रकाशित नयाँ युगबोध दैनिकमा छापिएको थियोे ।
उपमहानगरको १४ औं नगरसभामा पेश गरेको प्रतिवेदनमा घाटगद्दीबाटै ठूलो परिमाणको नदिजन्य पदार्थ हराएको उल्लेख छ । लेखा समितिले नदीजन्य पदार्थको हिनामिनाको आशंका गर्दै प्रश्न उठाएपछि उपमहानगरपालिकाका विषयगत शाखाले नदीजन्य पदार्थ घाटगद्दीमा रहेको वा बिक्री भएको भए राजश्व लिएको भन्ने कुनै प्रमाण दिन नसकेपछि नदीजन्य वस्तुमा घोटाला भएको पाइएको हो।
यसको आधिकारिक जवाफ भने अहिले सम्म उपमहानगरबाट सार्वजनिक भएको छैन् । उपमहानगर उच्च स्रोतका अनुसार लेखा समितिले के आधारमा ५० हजार घनमिटर गिट्टी बालुवा हराएको भन्ने प्रतिवेदन सार्वजनिक गरेको हो तुलसीपुर उपमहानगरपालिका आफै अन्योलमा रहेको छ ।
नदिजन्य पदार्थको वास्तवीक पुर्ण प्रतिवेदन अहिले सम्म सार्वजनिक हुन नसकेको स्रोत बताउछ । घटनाको वास्तविकता तत्काल जानकारी गराउन उपमहानगरले सम्बन्धीत समिति र तत्कालीन राजश्व शाखा प्रमुखलाई जानकारी गराएपनि सार्वजनिक भने हुन सकेको छैन् ।