२०८१ साउन ५ गते आइतवार

तुलसीपुरमा अटाेमेकानिक्सलाई  प्रशिक्षण



तुलसीपुर,२६ फागुन।

तुलसीपुरमा सञ्चालित माेटरसाईकल ग्यारेजमा कार्यरत अटाे मेकानिक्सहरूलाई प्रशिक्षण दिइएको छ ।

नेपाल अटाे ट्रेड यूनियन तुलसीपुरकाे आयाेजनामा शनिबार अटाेमेकानिक्सका लागि तालिमकाे आयाेजना गरिएकाे हाे। अटाेमेकानिक्सहरूकाे क्षमता अभिवृद्धिका लागि सञ्चालन भएकाे प्रशिक्षण कार्यक्रममा माेटरसाइकल मर्मत गर्दा ध्यान दिनुपर्ने बिषय,बिद्धतिय अवस्थाकाे जानकारी,भाेल्टेजकाे बारेमा जानकारी नहुँदा मर्मत पछि देखिने समस्याहरू,मर्मतका लागि गरिने सैद्धान्तिक  अभ्यास लगाएतका बारेमा जानकारी गराईएकाे थियाे ।

नेपाल अटाेमेकानिक्स ट्रेड यूनियन तुलसीपुर नगर समितिका अध्यक्ष दिलिप केसीकाे अध्यक्षता तथा केन्द्रीय सदस्य अर्जुन भण्डारीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।

प्रशिक्षण कार्यक्रममा तुलुसीपुर उपमहानगरपालिका भित्र विभिन्न स्थानमा रहेका माेटरसाईकल वर्कशपमा कार्यरत ६५ जना अटाेमेकानिक्सकाे सहभागीता रहेकाे काेषाध्यक्ष दिपक वलीले जानकारी दिनुभयाे ।

 तालिमकाे प्रशिक्षकमा नेपाल अटाे मेकानिक्स ट्रेड युनियनका केन्द्रीय  प्रशिक्षण विभाग प्रमुख अर्जुन भण्डारी रहनुभएकाे थियाे ।

समितिका उपाध्यक्ष धर्मराज शर्मा दाहालकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रमकाे सहजिकरण सचिव टिकाराम दाहालले गर्नुभएकाे हाे।

प्रकाशित मिति : २०८० फाल्गुन २६ गते शनिवार