२०८२ बैशाख १३ गते शनिवार

नेपाल नगरपालिका संघको शिक्षा तथा खेलकुद विभाग सदस्यमा वडा अध्यक्ष वली मनोनित



दाङ,२८ फागुन ।
नेपाल नगरपालिका संघको आधारभुत एवम माध्यामिक शिक्षा र खेलकुद विभागको सदस्यमा दाङका माधव वली मनोनित हुनुभएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष तथा नगर प्रवक्ता समेत रहनु भएका वलीलाई नेपाल नगरपालिका संघको आज सोमबार बसेको वैठकले शिक्षा तथा खेलकुद विभाग सदस्यमा मनोनित गरेको हो ।

वली स्थानीय तहको निर्वाचनमा तुलसीपुर-१८ बाट पहिलो पटक २०७४ र दोस्रो पटक २०७९ मा वडा अध्यक्षमा निर्वाचित जनप्रतिनिध हुनुहुन्छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २८ गते सोमवार