घोराही २९ फागुन ।
गुरुकुल एकेडेमीका विद्यार्थिहरुले बनाएको जिपको मोडल बैज्ञानिक तथा डा. महाबीर पुनले उद्धघाटन गर्नुभएको छ । कृषि औजार कारखाना खोल्ने अभियानका साथ पुस्तक बिक्रि गरी आर्थिक संकलन अभियानमा देश दौडाहामा रहनुभएको वैज्ञानिक पुनले जीपमा सवार गरेर उद्धघाटन गर्नुभएको हो ।
गुरुकुल एकेडमी घोराहीको प्राङगनमा उद्धघाटन गर्नुभएको हो । गुरुकुल एकेडेमी घोराहीका अतिरिक्त क्रियाकलाप संयोजक तथा शिक्षक विशालमान श्रेष्ठको नेतृत्वमा तथा ५ जना विद्यार्थिहरु दिपेश वली, सफल भण्डारी, एलन बिके , आरोहन श्रेष्ठ र संयोल बस्नेतले उक्त जिप मोडेलको गाडि निर्माण गर्नुभएको हो ।
यो गाडी करिब १ लाख १० हजारको लागतमा निर्माण भएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो । यसरी काम गर्दा एकातिर काम बन्ने र अर्कोतिर काम गर्दै जादा सिक्ने अवसर पाउने पनि उँहाले बताउनुभयो ।
हिरो कम्पनिको १५० सिसिको मोटरसाइकलको इन्जिन प्रयोग गरी बनाइएको उक्त गाडिमा त्यतिकै खेर जाने सामानलाई पनि सदुपयोग गरीएको छ । गुरुकुल एकेडेमीको रेक्टा विधिको शिक्षण कृयाकलाप अन्तर्गत पनि पर्ने भएको हुनाले यो जिप मोडलको गाडि निर्माण गरीएको हो ।
गाडिमा डा. पुनलाई सवारी गराएर उद्घाटन गरिएको हो । २०७६ सालमा प्रदेश स्तरीय ग्य्रान्ड विज्ञान फेस्टिवल नेपागंजमा विद्युतिय चार पांग्रे गाडि बनाएर गुरुकुल एकेडेमी प्रथम भएको थियो । अहिले विद्यार्थीहरुलाई इन्धनवाला गाडि बनाउन प्रोत्साहन स्वरुप यो गाडिको निर्माण गरिएको हो ।
डा.पुनले आफुसंगै भएको विभिन्न खेर जाने सामानबाट पनि यस्ता नमुनायुक्त गाडिको निर्माण गर्न सकिने र प्रयोगात्मक सिप पनि सिकाई हुने बताउनुभयो । यो गाडि निर्माण सम्पन्न गर्नको लागि विद्यालयका शिक्षक ई.सन्तोष कसौधन ,विज्ञान शिक्षक भवन आचार्य , कर्मचारी शंकर चौधरीले पनि सहयोग गर्नुभएको छ ।
डा. पुनको अभियानमा साथ दिने उद्धेश्यले गुरुकुल एकेडेमीले उँहाको ४० प्रति पुस्तक समेत खरीद गरेको छ । गुरुकुल तुलसपुरले २० र घोराहीले २० प्रति पुस्तक खरीद गरेको छ भने गुरुकुल एकेडेमी लमहीले पनि खरीद गर्ने कार्यक्रम रहेको विद्यालयका शिक्षक विबेक देवकोटाले जानकारी दिनुभयो ।