तुलसीपुर,२ चैत।
महिलाहरुलाई आत्मनिर्भर बनाउन दलित महिला संघ दाङले घुम्तीकोष सञ्चालन गरेको छ । समाजमा विभिन्न कारणले पछाडी परेका दलित महिलाहरुलाई उद्यम विकास मार्फत अर्थिक उन्नतिका लागि व्यावसायीक बनाउन उद्यम विकास तालिममा सहभागि समुहलाई नगद हस्तान्तरण गरिएको हो । घुम्तीकोष मार्फत प्रति समुह ४२ हजारका दरले विभिन्न १० वटा समुहलाई ४ लाख २० हजार रुपैँया आज(शुक्रवार) हस्तान्तरण गरिएको हो ।
फागुन २७ गतेदेखी तुलसीपुरमा तीन दिनसम्म सञ्चालन भएको उद्यम विकास तालिममा तुलसीपुर-५ रानीजरुवामा रहेको जागरण दलित महिला समुहका सदस्य हिरा सुनारले व्यावसायीक योजनाका बारेमा जजान्ने मौका पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
उहाँले यस अघि किराना व्यवसाय परम्परागत रुपमा सञ्चालन गर्दे आउनुभएको थियो । तालिममा संस्थाले उद्यमी संगै व्यवसाय प्रवद्र्धनमा नगद सहयोग गरेपछि थप विस्तारको योजना बनाउनुभएको छ। उहाँजस्तै लालीगुराँस दलित महिला समुह तुलसीपुर-१ छोटेका तारा विकलाई पनि बङ्गुर पालनको आधारभुत ज्ञान छ । त्यसैले तिन दिनको तालिममा सोही व्यवसायको वारेमा थप नयाँ कुरा जान्ने अवसर पाउनुभयो ।
उहाँका श्रीमान वैदेशिक रोजगारीमा रहनुभएको छ । घरमा दुई वटा बङ्गुरका पाठा छन् । लगत्तै संख्या बढाएर व्यवस्थीत रुपमा व्यवसाय सञ्चालन गर्ने उहाँको योजना रहेको छ । तारा जस्तै तुलसीपुर-८ टिकरीका ईन्द«कली सुनारलाई पनि व्यावसायीक रुपमा बाख्रा पाल्ने रहर छ । मनकामना दलित समुहको सदस्य रहेका उहाँको घरमा अहिले दुईवटा माउ बाख्रा छन् । श्रीमानले गाँउघरमै ज्यामी काम गर्नुहुन्छ । परिवार सवै उद्यम संग जोडिएपछि घर व्यवहार चलाउन सजिलो हुने उहाँको बुझाई छ ।त्यसैले उद्यम विकास तालीम बरदान सावित भएको बताउनुहुन्छ उहाँ ।
दलित महिला संघ दाङका अध्यक्ष युवा कराराका अनुसार विभिन्न कारणले समुदायमा पछाडि पारिएका दलित महिलाहरुको लागि घुम्तीकोष कार्यक्रम सञ्चालनमा ल्याइएको हो । समुहले उद्यमशिलताका लागि कोषबाट प्राप्त रकमले विभिन्न प्रकारका व्यवसाय सञ्चालन गर्नेछन् । व्यवसाय शुरु भएकोे कम्तीमा एक वर्षपछि संस्थाले लगानी गरेको साँवा रकम फिर्ता गर्नुपर्नेछ । यसरी प्राप्त भएको सो रकम अन्य नयाँ दलित महिला समुहमा परिचालन गरेर उद्यमशलिताको अभियानलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।
संघका अध्यक्ष कराराको अध्यक्षता,तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीको प्रमुख आतिथ्यता एवम प्रवक्ता तथा वडा नम्बर १८ का अध्यक्ष माधव वलीकोे विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो । विशिष्ट अतिथि वलीले आजको युगमा समेत समाजको परिवेश परीवर्तन हुन नसक्दा जातको व्यवस्था कायमै रहेको बताउनुभयो । जातका आधारमा नभइ श्रमका आधारमा सम्मान हुनुपर्ने उहाँको भनाई थियो ।शासककै कारण जातका आधारमा दलित समुदायलाई पछाडी पारिएको स्मरण गराउदै उद्यम मार्फत अघि बढ्नुपर्ने बताउनुभयो ।
प्रमुख अतिथि उपमेयर चौधरीले संस्थाले व्यवसाय प्रवद्र्धनका लागि गरेको लागानीे सहि सदुपयोग गर्न सुझाब दिनुभयो । उपमहानगरले पनि विभिन्न प्रकारका महिला लक्षित कार्यक्रमहरु सञ्चालनको योजना बनाएको उहाँले बताउनुभयो । कार्यक्रमको सहजिकरण संघका सचिव गंगा विश्वकर्माले गर्नुभएको थियो ।