२०८१ चैत्र ३ गते आइतवार

तुलसीपुरमा एचआर मिडिया हाउसकाे खुल्ला रक्तदान



तुलसीपुर,३ चैत ।
रगतको अभाव पुर्ति गर्ने उद्देश्यले तुलसीपुरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य भन्ने उद्देश्यका साथ एचआर मिडिया हाउसको आयोजना तथा ग्लोबल ओरेन्स नेपाल तुलसीपुरको सहकार्यमा शनिबार तुलसीपुरमा रक्तदान कार्यक्रम गरिएको हो । युथ्स अफ तुलसीपुरको कार्यालय परिसर बरुवागाँउमा भएको कार्यक्रममा ४६ जनाले रक्तदान गरेका छन् ।

मिडिया हाउसका अध्यक्ष एचआर मगरको अध्यक्षता तथा शान्तिनगर गाँउपालिकाका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यता एवम युथ्स अफ तुलसीपुरका अध्यक्ष ऋषिराज लहरेको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि बस्नेतले मिडिया हाउसले समाजमा गरेको मानवीय कार्य प्रशंसनिय रहेको उल्लेख गर्नुभयो । उहाँले संस्थाले आयोजना गरेको कार्यक्रममा पहिलोपटक रक्तदान गरेको बताउनुभयो । मानवीय सेवामा स्थानीय सरकारको पनि महत्वपुर्ण भुमिका रहने उहाँको भनाई छ ।

सो अबसरमा नेपाल पत्रकार महासंघ दाङका सह-सचिव दिप्तिशिखा चौधरी,युथ्स अफ तुलसीपुरका अध्यक्ष, ऋषिराज लहरे (अरुण),लायन्स कल्व अफ क्यापीटल दाङका अध्यक्ष दिपक केसी लगाएतले सामाजिक कार्यमा मिडिया हाउसले खेलेकोे भूमिकाको प्रशंसा गर्नुभएको थियो ।

ग्लोबल ओरेन्स नेपाल तुलसीपुरका प्रमुख मनोज चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण गाएक तथा उद्घोषक शान्ताराम सेन्चुरीले गर्नुभएको थियो ।

 

 

 

प्रकाशित मिति : २०८० चैत्र ३ गते शनिवार