२०८१ चैत्र ३ गते आइतवार

होली खेल्ने क्रममा गएराति दुई समूहबीच झडप, दुई जनाको मृत्यु



दाङ, १२ चैत ।
होली खेल्ने क्रममा ललितपुरको ढोलाहिटीमा दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ ।

गएराति दुई समूहबीच झडप हुँदा पाँचथरका २८ वर्षीय रोबर्ट राई र सुनसरीका ३० वर्षीय पुजन राईको मृत्यु भएको छ ।

उनीहरु दुवैजना ललितपुर महानगरपालिका- २६ ढोलाहिटीमा बस्दै आएका थिए ।
उनीहरूको शरीरका विभिन्न भागमा छुरा प्रहार भएको पाइएको छ ।

घटनामा संलग्न रहेको आशंकामा केहीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० चैत्र १२ गते सोमवार