२०८१ असोज २१ गते सोमवार

कोरोना महामारीपछि मार्च महिनामा अहिलेसम्मकै धेरै पर्यटक



काठमान्डौँ,१९ चैत ।

यस वर्षको मार्चमा हवाई माध्यमबाट नेपाल भित्रिने पर्यटक २८ दशमलव नौ प्रतिशतले बढेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार गएको वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रिने पर्यटकको सङ्ख्या २८ हजार सात सय ४१ ले बढेको हो ।

गएको वर्षको मार्चमा ९९ हजार चार सय २६ विदेशी पर्यटक नेपाल भित्रिएकामा यस वर्षको यही अवधिमा एक लाख २८ हजार एक सय ६७ पर्यटक नेपाल आएका छन् । मार्चमा सबैभन्दा बढी भारतबाट ३० हजार छ सय ९८ पर्यटक नेपाल आएका छन् । चिनियाँ पर्यटकको सङ्ख्या १२ हजार ९३ छ ।

सन् २०२३ को पहिलो तीन महिनामा दुई लाख २७ हजार सात सय ५५ जना विदेशी पर्यटक नेपाल भित्रिएकामा सन् २०२४ को पहिलो तीन महिनामा तीन लाख चार हजार छ सय ९३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सङ्ख्या ३३ दशमलव ७८ प्रतिशतले बढी हो ।।

प्रकाशित मिति : २०८० चैत्र १९ गते सोमवार