२०८१ बैशाख ५ गते बुधवार

नयाँ पाईला पुर्नस्थापना केन्द्रमा योग तथा ध्यान प्रशिक्षण



तुलसीपुर, २० चैत ।

तुलसीपुरउपमहानगरपालिका वडा नम्बर  १९ मा रहेको नयाँ पाईला पुर्नस्थापना केन्द्रमा साप्ताहिक योग तथा ध्यान प्रशिक्षण कार्यक्रम गरिएको छ । लागू औषध दुव्र्यसनीमा फसेका युवाहरुको लागि द आर्ट अफ लिभिङ द्वारा साप्ताहिक योग तथा ध्यान प्रशिक्षण कार्यक्रम गरिएको प्रमुख नयाँ पाईला पुर्नस्थापना केन्द्रका कार्यकारी निर्देशक शुरेष भुषालले जानकारी  दिनुभयो ।

लागू पदार्थ दुव्र्यसनीमा फसेका युवालाई परिवर्तन गरि सकारात्मक बाटो देखाउन यस्ता खालको योग गतिबिधिले उर्जा थप्ने प्रशिक्षक बोधराज चौधरीले बताउनुभयो । उहाँले दैनिक योग ले मानिस स्वस्थ हुने र शरिरमा एक प्रकारको फुर्ति आउने बताउनुभयो ।

यस्तै अर्का प्रशिक्षक निष्ठा न्यौपानेले समाजमा समस्याका रुपमा रहेको लागु औषधले युवाहरुलाई दुव्र्यसनी बनाएको बताउनुभयो । यिनै दुव्र्यसनमा फसि उपचार गराइरहेका युवालाई योग र ध्यानले सकारात्मक बनाउन महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।

त्यस अवसरमा कार्यालय प्रमुख हिरा आचार्यले प्रशिक्षक द्वय चौधरी र न्यौपानेलाई दोसल्ला ओढाइ सम्मान गरि बिदाई गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० चैत्र २० गते मङ्गलवार