तुलसीपुर,२३ चैत ।
तुलसीपुर क्षेत्रमा शनिबार विद्युत लाइन कटौति गरिने भएको छ । तुलसीपुर कार्यक्षेत्र भित्र पर्ने ३३ केभी लाइन मर्मत गर्नुपर्नेे भएकाले लाइन कटौती गर्न लागेको प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका निमित्त वितरण केन्द« प्रमुख शरद अर्यालका अनुसार भोली(शनिवार) बिहान १० बजे देखि साझ ५ बजेसम्म विद्युत सेवा अबरुद्ध हुने भएको छ ।
तुलसीपुर क्षेत्र अन्तरगत पर्ने बालापुर,सुकौरा,भमके,एयरपोर्ट,कृष्ण मन्दिर,मानपुर-बिजौरी र फुलबारी फिडरका सबै स्थानमा शनिवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म लाइन अबरुद्ध हुने भएको छ । यस्तै कपुरकोट क्षेत्रको फिडर अन्तरगतका सम्पुर्ण क्षेत्रमा पनि विद्युत सेवा अवरुद्ध हुने निमित्त प्रमुख अर्यालले बताउनुभयो ।
३३ केभी लाइन मर्मतको काम सकिएपछि विद्युत लाइन सुचारु गरिने प्राधिकरणले जनाएको छ ।