२०८१ जेष्ठ ९ गते बुधवार

गढवाका भैंसी पालक कृषकहरुलाई उन्नत जातका राँगा वितरण



गढवा, २९ चैत्र ।

गढवा गाउँपालिकाले भैंसी पालक कृषकहरुलाई बिहिवार एक कार्यक्रमका बिच ब्याडका लागि उन्नत  जातकाे  राँगा वितरण गरेको छ ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले भिटा परियोजना मार्फत भैंसी पालक कृषकहरुलाई ५ वटा उन्नत जातको  राँगा वितरण गरिएको बताउनुभयो ।गढवाका महिला दिदिबहिनीहरुलाई उद्यमी बनाई आत्मनिर्भर बनाउनको लागि पालिकाले सबै भन्दा ठुलो भिटा परियोजना मार्फत कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्वमशिलतामा बिशेष कार्यक्रमहरु गरिरहेको बताउदै बाख्रा पालन कृषक लाई उन्नत जातको बाख्रा र बोका वितरण गरिएकाे छ ।गढवामा रहेका यादव समुदाय बिशेष गरी भैँसी पालन व्यवसायमा रहेका छन् । उनै कृषकहरुलाई मध्येनजर गर्दै उन्नत जातको राँगा वितरण कार्यक्रम अघि बढाएको अध्यक्ष  पाेखरेलले बताउनुभयो।

पालिकाले बिभिन्न वडामा बाख्रा, भैसी तथा तरकारी खेती गर्ने कृषकहरुलाई समेटेर समूह बनाएको बताउदै समूह निर्माणको समयमा कृषकहरुबाट प्राप्त सुझाव अनुसार बाख्रा पालक किसानलाई उन्नत जातको बोका र भैंसी पालक कृषकहरुलाई उन्नत जातको राँगा बितरण कार्यक्रम गरेको बताउनुभयो ।

नजिकमा राँगो नहुदा किसानले भाेग्नुपरेकाे समस्या तथा कृतिम गर्भधान पनि सोचे जस्तो सफल नभएकोले साे विषयकाे आवश्यकता महसुस गरी  राँगा वितरण गरेको बताउनुभयाे ।

उत्पादनमा बृद्धि गर्न नश्ल सुधार कार्यक्रम अन्तरगत बाख्रामा वीउ बोका र भैंसी पालक कृषकहरुलाई वीउ राँगा वितरण कार्यक्रम अघि बढाएको उहाँले बताउनुभयो।

पछिल्लो समयमा देशमा नै भैसी पालक कृषकहरु घटेको तर दुग्ध दैनिक जिवनमा प्रयोग हुने भएकोले दुग्ध उत्पादनमा बृद्धि गर्न, खोर, भकारो निर्माण र वीउ बोका र वीउ राँगा वितरण कार्यक्रम लाई विशेष महत्वका साथ अघि बढाएको अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो।

प्रकाशित मिति : २०८० चैत्र २९ गते बिहिवार