२०८१ माघ ६ गते आइतवार

पैसा नभएर पढाई राेकिन दिन्नाै :रावत



तुलसीपुर,२ बैशाख ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष मानबहादुर रावतले आर्थिक अभावका कारण कोहि पनि शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्था नआउने बताउनुभएको छ ।

उहाँले आर्थिक अभावका कारण सामुदायिक विद्यालयमा भर्ना गर्न समस्या भएको भए वडा कार्यालयमा सम्पर्क गर्न अभिभावकलाई आग्रह गर्नुभएको छ ।

वडा नम्बर ११ का कोहि पनि बालबालिका आर्थिक अभावको कारणले बन्चित हुनपर्ने अवस्था आउन नदिनका लागि वडाले आर्थिक सहयोग गर्ने निणर्य गरेको अध्यक्ष रावतले बताउनुभयो ।

यस्तै वडाले अति विपन्न, शहिद परिवार लगायतलाई बालबालिकाको छात्रवृत्तिका लागि आवेदन दिन आग्रह गरेको उहाँले बताउनुभयो । भर्ना अभियान संचालन भइरहेकोले वडाले विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालय भर्ना हुन आब्हान गरेको अध्यक्ष रावतले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ बैशाख २ गते आइतवार