२०८१ चैत्र ३ गते आइतवार

श्रीमानको स्मृतिमा आशाले गरिन् पशुपति माविमा ५० हजारको अक्षयकोष स्थापना



तुलसीपुर, २ बैशाख ।
पूर्व शिक्षक आशाकुमारी देवकोटाले पशुपति मावि हरिपौरीमा ५० हजार बराबरको अक्षयकोषको स्थापना गर्नुभएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बरुवागाउँ निवासी देवकोटाले स्वर्गिय श्रीमान राम बहादुर केसीको स्मृतिमा ५० हजार ५ को अक्षयकोष स्थापना गर्नुभएको हो ।

तुलसीपुर-१२ मा रहेको विद्यालयमा कार्यरत रहेकै अवस्थामा निधन भएका केसीको स्मृतिमा श्रीमती आशाले अक्षयकोष स्थापना गर्नुभएको विद्यालयका प्रधानाध्यापक राधा चौधरीले जानकारी दिनुभयो ।

अक्षयकोषबाट प्राप्त व्याज रकमले कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने तीन जना जेहेन्दार तथा विपन्न छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिने उहाँले बताउनुभयो । उहाँले अक्षयकोष स्थापना गर्ने देवकोटालाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २ गते आइतवार