२०८१ बैशाख १९ गते बुधवार

फेरि बढ्याे पेट्रोलियम पदार्थको मूल्य 



दाङ, ३ वैशाख । पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ । भारतबाट मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढाएको हो ।

निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाउने निणर्य गरेको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिनुभयो ।

बढेको मूल्य मंगलबार बिहान १ बजेदेखि लागू हुनेछ ।

मूल्य वृद्धि भएसँगै पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १७२ रुपैयाँ ५० पैसाबाट १७५ रुपैयाँ ५० पैसा पुगेको छ ।

यसैगरी दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १७४ रुपैयाँ ५० पैसाबाट १७७ रुपैयाँ कायम भएको छ ।

यस्तै तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा एक लिटर पेट्रोलको मूल्य १७५ रुपैयाँबाट १७८ रुपैयाँ पुगेको छ ।

यसैगरी डिजल र मट्टीतेल एक लिटरको मूल्य क्रमश:१५८, १६० र १६१ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ३ गते सोमवार