दाङ, १३ बैसाख ।
तुलसीपुरको खाद्य संस्थानले उपभोक्ताका लागि चामल बिक्रि गर्ने समय परिवर्तन गरेको छ । खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय तुलसीपुरले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म बिक्रि गर्दै आएकोमा उपभोक्ताको समयलाई मध्यनजर गर्दै बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सेवा दिईरहेको शाखा प्रमुख तिलक सुनारले बताउनुभयो ।
उहाँका अनुसार टाढाबाट कार्यालयमा चामल खरिद गर्न आउदा समयको अभावले चामल खरिद गर्नबाट बञ्चित हुने हुदा आन्तरिक कोषको रकमबाट कार्यालयका कर्मचारीलाई अतिरिक्त सुबिधा उपलब्ध गराएरै भएपनि उपभोक्तालाई सेवा दिईरहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार हाल कार्यालयमा स्टिम जिरा मसिनो चामल र अरुवा सोना मन्सुली चामल उपलब्ध भईरहेको छ । जसमा स्टिम जिरा मसिनो चामलको मुल्य दुई हजार दुई सय ५०, त्यस्तै अरुवा सोना मन्सुली चामलको मुल्य एक हजार ६ सय २५ रहेको समेत उहाँले बताउनुभयो । त्यस्तै दुबै प्रकारका चामल प्रतिबोरा २५ किलोमा उपलब्ध रहेको समेत उहाँले बताउनुभयो ॥