२०८१ माघ १० गते बिहिवार

विवाहमा गएका युवकको हत्या गर्ने सल्यानका ११ जना पक्राउ



सल्यान, १४ बैशाख ।
सल्यानमा एक युवक हत्या आरोपमा ११ जना पक्राउ परेका छन् । कुमाख गाउँपालिका वडा नम्बर ५ बाट हत्या अभियोगमा ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनिहरुले कुटपिट गरि गम्भिर घाइते बनाएका कुमाख-६ बडागाउँका २१ बर्षिय विकास ओलीको निधन भएपछि ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मंगलबार कौछेमा भएको एक विवाहको कार्यक्रममा उनिहरुले होहल्ला गरेका कारण विवाद भएको थियो ।

प्रहरीका अनुसार साँझ ६ बजे स्थानीय १८ बर्षिय भरत बुढाथोकी र मानसिह कुमाईसहितका युवाहरुले बिवाह घरमा पुगेर नाँचगान गर्ने क्रममा घरमा सजाईएका ध्वजापताका च्यातेका थिए ।

विवाहमा आएका मानिसहरुलाई अश्लिल शब्द प्रयोग गरी होहल्ला गरेपछि वलीले सम्झाई बुझाई गर्दा युवाहरुको समुहले बादबिवाद, गालीगलौज तथा धाकधम्की समेत दिएका थिए ।

उनिहरुले विवाह घरभन्दा अन्दाजी १ किलोमिटर टाढा विकास वलीसहित वडा नं. ५ का १८ बर्षिय शुसिल केसी र २८ बर्षिय मदन केसीलाई कुटपिट एंव दाउराको चिर्पटले प्रहार गरी गम्भिर घाईते बनाएका थिए ।

विकास वलीको औषधी उपचारको क्रममा बुधबार बिहान ४ बजे नेपालगंञ्ज नर्सिङहोममा मृत्यु भएको हो । पक्राउ पर्नेमा एउटै टोलका मानसिङ कुमाई, सन्तोष कुमाई, हेमन्त थापा, विमल कुमाई, हेमन्त बुढाथोकी, भरत बुढाथोकी रहेका छन् ।

त्यस्तै टिकाराम थापा, डण्डविर कुमाई, मनविर कुमाई, लोकेन्द्र थापा र झलक कुमाईलाई पनि पक्राउ गरि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दाको जाहेरी परेका १८ देखि २० बर्षको उमेर समूहका उनिहरुलाई सल्यान जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १४ गते शुक्रवार