२०८१ माघ ६ गते आइतवार

लागूपदार्थ दुर्व्यशन न्यूनिकरण गर्न मावि मधपुरमा विद्यार्थीलाई सचेतना



दाङ, १६ बैशाख ।
दाङको दंगीशरण गाउँपालिका-२ मा मावि मधपुरमा मादक पदार्थ तथा लागूपदार्थ दुव्र्यशन न्युनिकरण सम्बन्धि कार्यक्रम गरिएको छ ।

नयाँ पाइला पुनर्स्थापना केन्द्र र हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा आइतबार विद्यालय स्तरीय अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कक्षा ८, ९ र १० मा अध्यनरत विद्यार्थीहरुलाई सचेत गराउनुका साथै जनचेतना जगाउने उदेश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको हो ।

हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष विष्णु गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका–२ का वडा अध्यक्ष डम्बर खत्रीले युवाहरु लागूऔषधमा फस्ने क्रम बढ्दै गएको अवस्थामा यस्ता कार्यक्रमको भुमिका महत्वपुर्ण हुने बताउनुभयो ।

वडाअध्यक्ष खत्रीले समुदाय र घरपरिवारबाट लागूऔषध दुव्र्यशन न्युनिकरण गर्ने विषयमा अभिभावकहरुले चासो बढाउनुपर्ने बताउनुभयो । सो अवसरमा नयाँ पाइला पुनस्र्थापना केन्द्रका मनोपरामर्शदाता सैलेश शर्माले विद्यार्थीहरुलाई लागुऔषध दुव्र्यशन सम्बन्धि प्रशिक्षण दिनुभएको हो ।

विद्यालयका प्रधानाध्यापक बिमला कडँलले विद्यालयको अवस्थाको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रमको सहजिकरण संस्थाका उपाध्यक्ष सिएम बिश्वकर्माले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार