२०८१ चैत्र ३ गते आइतवार

महेन्द्र माविका किशोरीलाई आत्मरक्षा तालिम दिन शुरु



दाङ, १९ बैशाख ।
तुलसीपुरमा रहेको महेन्द्र माविका किशोरीलाई आत्मरक्षा तालिम दिन शुरु गरिएको छ । विद्यालयले किशोरीलाई आत्मरक्षा तालिम दिन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज लहरे (अरुण) ले जानकारी दिनुभयो ।

विद्यालयमा अध्ययनरत्त विभिन्न उमेर समुहका किशोरीलाई दुई महिनासम्म तालिम प्रदान गरिने उहाँले बताउनुभयो । विद्यालयले मंगलबार (हिजो) आत्मरक्षा सम्बन्धि तालिमबारे अभिमूखीकरण समेत गरेको हो ।

सामाजिक  विकास डिभिजन कार्यालय तुलसीपुरका प्रमुख बेगम केसीको  अध्यक्षता तथा  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज लहरे (अरुण)को  प्रमुख आतिथ्यता एवं विद्यालयका प्रधानाध्यापक जीतबहादुर केसीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

त्यस अवसरमा प्रमुख अतिथि केसीले किशोरीलाई आत्मरक्षा तालिमले आत्मसुरक्षा गराउने बताउनुभयो । कार्यक्रमको सहजीकरण पोखर केसीले गर्नुभयो ।

प्रकाशित मिति : २०८१ बैशाख १९ गते बुधवार