तुलसीपुर, ३० बैशाख ।
तुलसीपुर उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ ।
गएराती करिब ११ बजेबाट शुरु भएको मत गणनामामा यो समाचार तयार पर्दासम्म नेपाली कांग्रेसका तर्फबाट उमेदवार बन्नुभएका बिनिल केसी ८३ मतले अगाडी हुनुहुन्छ । ९ सय ३ मत गणना हुँदा केसीले ४८१ मत ल्याउनुभएको छ भने संयुक्त प्यानलका ललितजंग शाहले ३९८ मत ल्याउनुभएको छ ।
यस्तै संयुक्त प्यानलका उद्योग उपाध्यक्षमा विश्व बस्नेतले ४८३ मत प्राप्त गर्नुभएको छ भने हेमन्द्र खड्काले ३५० मत ल्याउनुभएको छ । यस्तै वाणिज्य उपाध्यक्षमा संयुक्त प्यानलका नरेश राजभण्डारीले ४६९ मत प्राप्त गर्नुभएको छ भने खुशलराम शर्माले ३६२ मत प्राप्त गर्नुभएको छ ।
यस्तै खुल्ला उपाध्यक्ष पदमा कांग्रेसका देव बहादुर केसीले ४५५ मत ल्याउनुभएको छ भने संयुक्त प्यानलका डिल्ली बहादुर वलीले ३८८ मत ल्याउनुभएको छ । यस्तै महासचिवमा कांग्रेसका केशबराज केसीले ४६० मत ल्याउनुभएको भने संयुक्त प्यानलका नरेन्द्र डाँगीले ३७६ मत ल्याउनुभएको छ ।
यस्तै कोषाध्यक्षमा रुपेश शर्माले ४८३मत ल्याउँदा संयुक्त प्यानलका शेषकान्त ढकालले ३३० मत ल्याउनुभएको छ । यस्तै सचिवमा नविन राईले ३१० मत ल्याउनुभएको छ भने संयुक्त प्यानलका भुपाल रावतले २०१ मत ल्याउनुभएको छ । स्वतन्त्र उमेदवार चन्दन वलीले २५४ मत ल्याउनुभएको छ ।
यस्तै सह कोषाध्यक्षमा दिपेश भण्डारीले ३६५ मत ल्याउनुभएको छ भने संयुक्त प्यानलका किशोर वलीले ३३४ मत ल्याउनुभएको छ ।