२०८१ माघ ६ गते आइतवार

२ हजार मतगणना हुँदा विनिलको अग्रता बढ्यो



तुलसीपुर, ३० बैशाख ।
तुलसीपुर उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ। गएरातीबाट शुरु भएको मतगणनामा यो समाचार तयार पर्दासम्म नेपाली कांग्रेसका तर्फबाट उमेदवार बन्नुभएका बिनिल केसी १५२ मतले अगाडी हुनुहुन्छ । २ हजार १५ मत गणना हुँदा केसीले १०५५ मत ल्याउनुभएको छ भने संयुक्त प्यानलका ललितजंग शाहले ९०९ मत ल्याउनुभएको छ ।

यस्तै संयुक्त प्यानलका उद्योग उपाध्यक्षमा विश्व बस्नेतले १०९४ मत प्राप्त गर्नुभएको छ भने हेमन्द्र खड्काले ७६६ मत ल्याउनुभएको छ । यस्तै वाणिज्य उपाध्यक्षमा संयुक्त प्यानलका नरेश राजभण्डारीले १०४५ मत प्राप्त गर्नुभएको छ भने खुशलराम शर्माले ७९६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै खुल्ला उपाध्यक्ष पदमा कांग्रेसका देव बहादुर केसीले १०२१ मत ल्याउनुभएको छ भने संयुक्त प्यानलका डिल्ली बहादुर वलीले ८३९ मत ल्याउनुभएको छ । यस्तै महासचिवमा कांग्रेसका केशबराज केसीले १०१९ मत ल्याउनुभएको भने संयुक्त प्यानलका नरेन्द्र डाँगीले ८३९ मत ल्याउनुभएको छ ।

यस्तै कोषाध्यक्षमा रुपेश शर्माले १०२६ मत ल्याउँदा संयुक्त प्यानलका शेषकान्त ढकालले ७८९ मत ल्याउनुभएको छ । यस्तै सचिवमा नविन राईले ६२९ मत ल्याउनुभएको छ भने संयुक्त प्यानलका भुपाल रावतले ४८१ मत ल्याउनुभएको छ । स्वतन्त्र उमेदवार चन्दन वलीले ५८३ मत ल्याउनुभएको छ ।

यस्तै सहकोषाध्यक्षमा कडा प्रर्तिषपर्धा रहेको छ । कांग्रेसका दिपेश भण्डारीले ७६७ मत ल्याउनुभएको छ भने संयुक्त प्यानलका किशोर वलीले ७८५ मत ल्याउनुभएको छ।
सदस्यहरुमा २ हजार मतगणना हुँदा कोमल डिसी(कांग्रेस)१००८,तीर्थबहादुर डाँगी(कांग्रेस)१०३५,माधव बस्नेत(कांग्रेस)९७२,शैलेन्द« कुमार बुढाथोकी(कांग्रेस)९३८,सुवास अधिकारी(कांग्रेस) ले ९०१ मत प्राप्त गर्नु भएको छ ।

यस्तै भिमबहादुर खत्री(गठबन्धन)७७७,मनोज कुमार गुप्ता(गठबन्धन)७९६,कृष्णबहादुर पुन (गठबन्धन)७३२,सुरेश नेपाली(गठबन्धन)६९४,टोपबहादुर महतारा(गठबन्धन)ले ८२९ मत प्राप्त गर्नुभएको छ ।

महिला सदस्यमा निलम बस्नेत(कांग्रेस)७६८,कल्पना विष्ट(कांग्रेस)८२५,शारदा बस्नेत(गठवन्धन)८६१ र मिना रावत (गठवन्धन) ले ८६३ मत प्राप्त गर्नुभएको छ । एसोसियट सदस्यमा सन्दिपन रिजाल ६९ र सुरज ज्ञवालीले ३१ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार