तुलसीपुर, ३१ बैशाख ।
तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा बिनिल केसी निर्वाचित हुनुभएको छ । आज बिहान सकिएको अन्तिम मतगणनामा अध्यक्षमा प्रतिष्पर्धी ललितजंग शाहलाई २१० मतले पछि पारे केसी निर्वाचित हुनुभएको हो । केसीलाई कांग्रेसको साथ रहेको थियो भने शाहलाई सात दलको समर्थन रहेको थियो ।
निर्वाचित केसीले १ हजार ५५० मत प्राप्त गर्नुभएको छ भने भने पराजित शाहले १ हजार ३४० मत ल्याउनुभएको छ । उद्योग उपाध्यक्षमा विश्व बस्नेत १ हजार ५९० मतका साथ निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिष्पर्धी हेमेन्द्र खड्काले १ हजार १४३ मत ल्याउनुभएको छ ।
यस्तै वाणिज्य उपाध्यक्षमा नरेश कुमार राज भण्डारी निर्वाचित हुनुभएको छ । उहाँले १ हजार ५२० मत प्राप्त गर्नुभएको छ भने प्रतिष्पर्धी खुशलराम शर्माले १ हजार १ सय ८७ मत ल्याउनुभएको छ ।
यस्तै खुल्ला उपाध्यक्षमा देवबहादुर केसी १ हजार ५२० मतका साथ निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिष्पर्धी १२११ मत ल्याउनुभएको छ । यस्तै महासचिवमा केसबराज केसी १ हजार ५३० मतका साथ निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिष्पर्धि नरेन्द्र कुमार डाँगीले १ हजार २०३ मत ल्याउनुभएको छ ।
यस्तै कोषाध्यक्षमा रुपेश शर्मा निर्वाचित हुनुभएको छ । उहाँले १ हजार ५२६ मत ल्याउनुभएको छ भने उहाँका प्रतिष्पर्धी शेषकान्त ढकालले ११४६ मत ल्याउनुभएको छ । यस्तै सचिवमा नबिन राई ९६९ मतका साथ निर्वाचित हुनुभएको छ । सचिवमा प्रतिष्पर्धामा रहनुभएका भुपाल रावतले ६८२ मत ल्याउनुभएको छ भने स्वतन्त्र उमेदवार चन्दन वलीले ८४८ मत ल्याउनुभएको छ ।
यस्तै सहकोषाध्यक्षमा दिपेश भण्डारी १ हजार १५६ मतका साथ निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिष्पर्धी किशोर वलीले ११२३ मत ल्याउनुभएको छ ।
यस्तै खुला सदस्यमा कांग्रेसबाट उमेदवार रहेका सबै सदस्य निर्वाचित भएका छन् । तीर्थबहादुर डाँगी १५१८,कोमल डिसी(कमल)१४८९,माधब बस्नेत १४२१,शैलेन्द« कुमार बुढाथोकी १३७२ र सुवास अधिकारी १२९४ मतका ल्याएर निर्वाचित हुनुभएको छ । खुला सदस्यमा निकटत प्रर्तिष्पर्धी गठबन्धनका उमेदवार टोपबहादुर महताराले १२३२,मनोज कुमार गुप्ता ११६७,भिम बहादुर खत्री१११८,कृष्णशहादुर पुन १०५४,सुरेश नेपाली १०२१ मत ल्याउनुभएको छ ।
यस्तै महिला सदस्यमा गठबन्धनबाट विजयी भएका छन् । मिना रावत १२८५,शारदा बस्नेत १२६७ मतकासाथ विजयी हुनुभएको हो । निकटतम प्रर्तिष्पधी कांग्रेसका कल्पना विष्टले १२१४,निलम बस्नेतले ११०५ मत ल्याउनुभएको छ ।
एसोसीयट सदस्यमा कांग्रेसका सन्दिपन रिजाल विजयी हुनुभएको छ ।उहाँ ६९ मतका साथ विजयी हुनुभएको हो । निकटतम प्रतिष्पर्धी गठबन्धनका सुरज ज्ञवालीले ३१ मत प्राप्त गर्नुभएको छ ।