२०८१ माघ ६ गते आइतवार

राजश्व संकलनमा लक्ष्य भेटाउनै मूस्कील



तुलसीपुर, २ जेठ ।
तुलसीपुर उपमहानगरपालिकालाई राजश्व संकलनमा लक्ष्य भेटाउनै मुस्किल परेको गरेको छ । नगरले चालु आर्थिक वर्षमा लक्ष्यको करिब ५३ प्रतिशत मात्रै राजश्व संकलन गरेको छ ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा ३६ करोड १५ लाख राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा बैशाख मसान्तसम्म १८ करोड ८५ लाख ७८ हजार अर्थात लक्ष्यको ५३ प्रतिशत मात्रै राजश्व संकलन गरेको छ ।

चालु आर्थिक वर्षको दुई महिनामा उपमहानगरपालिकाले लक्ष्यको करिब आधा रकम उठाउनुपर्ने छ । तर अबको दुई महिनामा करिब १८ करोड राजश्व संकलन हुन सकस देखिएको तुलसीपुर उपमहानगरपालिकाका लेखा अधिकृत खिमलाल वलीले बताउनुभयो ।

उहाँले अहिलेकै अनुसारले राजश्व संकलनको लक्ष्य भेटाउन मुस्किल पर्ने बताउनुभयो । राजश्व संकलनको प्रमुख स्रोत नदिजन्य पदार्थको बिक्रि वितरण पारदर्शी नहुँदा , व्यवसायी करको दायरामा आउन नसक्दा राजश्व संकलन लक्ष्य अनुसारको संकलन हुन नसकेको उहाँले बताउनुभयो ।

नगरप्रमुख टिकाराम खड्काले राजश्व संकलन लक्ष्य अनुसार उठ्न नसक्दा विकासे योजना प्रभावित हुने खतरा बढेको बताउनुभयो । उहाँले राजश्व चुहावट हुँदा पनि नगरलाई राजश्व संकलनमा लक्ष्य भेटाउन मुस्किल पर्ने गरेको बताउनुभयो ।

उहाँले पछिल्लो समय नयाँ प्रमुख प्रशासकिय अधिकृत आएपछि कबाडी बिक्रिवाफतको १० लाख राजश्व उठेको बताउनुभयो । यसैगरी अन्य क्षेत्रमा पनि राजश्व उठाउन उपमहानगर लागि परेको उहाँको दावि छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २ गते बुधवार