दाङ, ६ जेठ ।
तुलसीपुर मेट्रो कलेजको भवनको उद्घाटन गरिएको छ । भवनको लुम्बिनी प्रदेशका प्रथम मूख्यमन्त्री शंकर पोखरेलले मोबाइल एप्सबाट उद्घाटन गर्नुभएको हो । कलेज स्थापनाको चारवर्षपछि भवनको उद्घाटन गरिएको हो । भवनको उद्घाटन गर्दै प्रथम मूख्यमन्त्री पोखरेलले कलेजले स्वरोजगार र उद्यमी बनाउन जनशक्ति उत्पादन गर्न सक्नुपर्ने बताउनुभयो ।
उहाँले स्वदेशमा रोजगारीको अवसर नभएको भन्दै युवा विदेश पलायन हुने अवस्थाको अन्त्य गर्नका लागि श्रमलाई सम्मान गर्ने जनशक्ति उत्पादनमा कलेजको भूमिका महत्वपूणर् हुने बताउनुभयो । नेकपा एमालेका महासचिव समेत रहनुभएका पोखरलेले श्रमलाई सम्मान गर्ने वातावरण बन्न नेपालमा भारतीय श्रमिक बाक्लो मात्रामा भएको तर नेपाली युवा विदेशीने गरेको बताउनुभयो ।
कार्यक्रममा कलेजका संस्थापक अध्यक्ष घनश्याम पाण्डेले दाङलाई उच्च शिक्षाको गन्तव्य बनाउनका लागि कलेजको भूमिका महत्वपूणर् हुने बताउनुभयो । उहाँले तुलसीपुर मेट्रो कलेजलाई प्राविधिक विश्वविद्यालय बनाउन सकिने बताउनुभयो ।
करिब १८ करोडमा भवन निर्माण भएको हो । कलेजमा अझै पनि सभाहलको आवश्यकता भएको र ६ करोडको लागत अनुमान गरिएको कलेजका प्रमुख बसन्त आचार्यले बताउनुभयो । उहाँका अनुसार कलेजमा अहिले ३७ जिल्लाका विद्यार्थीले विभिनन ९ वटा विधामा अध्ययन गरिरहेका छन् ।
कलेजले करिब ३०० भन्दा बढी विद्यार्थीलाई निशुल्क शिक्षा प्रदान गरिरहेको प्रमुख आचार्यले बताउनुभयो । लुम्बिनी प्रदेशका अर्थमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले आगामी वर्षको बजेटमा कलेजको भौतिक संरचना निर्माणका लागि आवश्यक बजेट बिनियोजन गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा प्रमख जिल्ला अधिकारी रामबन्धु सुवेदीले तुलसीपुर बहुप्राविधि शिक्षालय शैक्षिक गन्तव्यका रूपमा रहने बताउनुभयो । पूर्व सांसद शंकर गिरीले शिक्षामा राजनीति घुस्न नहुने बताउनुभयो ।
संविधान सभा सदस्य अनारकली मियाले कलेजलाई थप शैक्षिक गन्तव्य बनाउन सम्पूणर् राजनीति नेतृत्व एक हुनुपर्ने बताउनुभयो । कलेजका अध्यक्ष टिकाराम खड्काको अध्यक्षता तथा लुम्बिनी प्रदेशका संस्थापक मूख्यमन्त्री पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।