तुलसीपुर, ११ जेठ ।
स्वावलम्बन लघुवित्त वित्तिय संस्थाले समुहको केन्द्र भवन निर्माणका लागि नगद सहयोग गरेको छ । संस्थाले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ बम्नैमा १८२ नम्बर समुहको केन्द्र भवन निर्माणका लागि आर्थिक सहयोग गरेको हो ।
संस्थाले भवन निर्माणका लागि १० हजार सहयोग गरेको हो । संस्थाले शुक्रबार (आज) पुनर्ताजकी तथा अभिभावक भेलाको आयोजना गरी भवनमा निर्माणार्थ नगद सहयोग गरेको हो ।
नगद हस्तान्तरण कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष राम बहादुर जिसीले संस्थाले नगद सहयोग गरी सामाजिक उत्तरदायित्व पूरा गरेको बताउनुभयो ।
कार्यक्रममा ईलाका कार्यालयका प्रमुख दिपक महत, कार्यालय प्रमुख बावुराम श्रेष्ठ लगायतले पछिल्लो समय लघुवित्त संस्थाप्रति नकारात्मक धारणा सिर्जना भइरहेको अवस्थामा स्वावलम्बन लघुवित्तले वित्तिय प्रगतिमा महत्वपूणर् भूमिका खेलेको बताउनुभयो । कार्यक्रमको सहजीकरण कार्यालय सहायक प्रेमलाल बस्नेतले गर्नुभएको हो ।