दाङ,१२ जेठ ।
नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ ले विशेष वडा अधिवेशन गरेको छ । जिल्लाको १४ औँ अधिवेशन सकिएको एक सातापछि वडाले शनिवार अधिवेशन गरेको हो ।
यहि वडामा एमाले महासचिव शंकर पोखरेलको निवास छ । तुलसीपुरका अन्य वडाको तुलनामा एमालेको गढका रुपमा चिनिएको यो वडा महासचिव पोखरेलकोे वडा भएकाले पनि संगठनलाई संगठित गर्न एमाले कार्यकर्ताको तदारुकतालाई स्वभाविक रुपमा लिन सकिन्छ ।
तर उक्त वडामा जिल्ला तहको नेतृत्व चुन्न एमाले भने संधै कन्जुस्याई गर्ने गरेको वडा तहका नेताहरु बताउछन् ।वडा अधिवेशनमा सहभागि एमालेका चुर्ण बहादुर पार्धेले १४ औँ जिल्ला अधिवेशनमा नेतृत्व चयन गर्ने क्रममा वडालाई अपहेलना गरेको बताउनुभयो । सबै क्षेत्रबाट समेटिनुपर्नेमा त्यसो नभएकोले आफुलाई स्विकार्य नभएको बताउनुभयो ।
अधिवेशनपछि जिल्लासंगको समन्वयमा अभाव भएको एमाले नेता रेवती प्रसाद बस्नेतले बताउनुभयो । ‘हाम्रो वडालाई उपेक्षा गरेको महशुस भएको छ । तुलसीपुर उपमहानगरपालिकामा हाम्रो पार्टीबाट मेयर र उपमेयर निर्वाचित हुनुहुन्छ । जिल्ला अधिवेशन सकिएको पनि केहि समय मात्र भएको छ । वडालाई जिल्ला नेतृत्वमा समेटेर लैजानुपर्नेमा नगर र जिल्लामा रहेका नेताहरुको भूमिका सन्तोषजनक देखिएन’-उहाँले भन्नुभयो-‘फलस्वरुप नगर र जिल्लाको नेतृत्व तहलाई हामिले नबोलाएकै हो । हामि आफै सक्षम छौ भन्ने शन्देस प्रवाह गर्न खोजेका छौ’ ।
नेकपा एमालेको १४ औँ जिल्ला अधिवेशनमा वडा नम्बर १९ बाट सबै कलष्टरमा १४ जना प्रतिनिधिको सहभागिता रहेको थियो । यति ठुलो संख्यामा वडाले पठाएको प्रतिनिधि जिल्ला नेतृत्व तहमा एक जना पनि नअटाउनु आपति रहेको झुपलाल खड्काले बताउनुभयो ।उहाँले भन्नुभयो-‘यस्तो कार्य पुनः नदोहोरियोस,अबका दिनमा मनोनित गरेर सान्त्वना दिने कार्य समेत हामिहरुलाई स्विकार्य छैन’ ।
कार्यक्रममा नेकपा एमालेका पुर्व वडा समिति अध्यक्ष बिमल रेग्मी र अमर रोकाले भर्खरै सकिएको अधिवेशनमा वडालाई विभेदपुर्ण व्यवहार गरेको बताउनुभयो । सोही बिषयलाई लिएर वडाको बिशेष अधिवेशनमा समेत यसको प्रभाव देखियो ।
२०७४ सालमा नेकपा एमालेको तर्फबाट तुलसीपुर उपमहानगरपालिका-१९ मा वडा अध्यक्षमा निर्वाचित भएका निवर्तमान वडा अध्यक्ष राम बहादर योगीले वडामा सक्षम नेता नै छैनन् भन्ने साथीहरुलाई एकपटक अध्ययन गर्न सुझाव दिनुभयो । साविकको बिजौरी गाविसलाई कम्युनिष्टमय बनाउन महत्वपुर्ण भूमिका निर्वाह गरेको बताउदै गत जेठ ६ र ७ गते दाङको घोराहीमा सम्पन्न एमालेको १४ औं जिल्ला अधिवेशनले वडाका नेता कार्यकर्तालाई निराशा बनाउने काम भएको बताउनुभयो । २०५४ सालमा साविक विजौरी गाविस वडा नम्बर ८ को वडा अध्यक्षमा समेत नेकपा एमालेको तर्फबाट निर्वाचित भएका उहाँले वडालाई जिल्ला तहमा नसमेट्नु दुखःद र राम्रो नभएको बताउनुभयो ।
वडा समितिले शनिवारको विशेष वडा अधिवेशनमा वडाभित्रका नेता कार्यकर्ता बाहेक नगर र जिल्ला तहका पदाधिकारी तथा कुनैपनि एमालेका नेताहरुलाई वडा अधिवेशनमा सहभागि नगराएको वडा समिति अध्यक्ष लोक बहादुर रोकाले बताउनुभयो ।
‘वडाबाट सम्मानजनक तरिकाले एक जना जिल्ला तहमा राख्न माग गरेका थियौँ तर नेतृत्वले हाम्रो आवाजलाई सुनुवाई गरेन’उहाँले भन्नुभयो–‘बिशेष वडा अबिधेशनको बारेमा जिल्ला तहलाई पनि जानकारी गराएका छौँ’।
जिल्ला अध्यक्षले हामी आँउछौ भन्नुभयो तर मैले भोलि तपाईहरु नआउनुस नेताहरुको बेइज्जत हुन सक्छ भनेर वर्तमान र निवर्तमान अध्यक्ष दुबैजनालाई नै फोन गरेको हो।अन्य समयमा तपाई त महासचिवको वडाको मान्छे भनेर हौसला पाइरहेकै छौ ।कार्यकर्तालाई सभा सम्मेलनमा लैजानलाई मात्र प्रयोग गरिनु हुँदैन,उचित समयमा उचित स्थानमा नेतृत्वलाई पु्ययाउनुपनि नेतृत्वको दायित्व हो । हाम्रो लडाई नगर,जिल्ला र प्रदेश संग नभई नेताको प्रवृतिसंग हो’।आजको वडा अधिवेशनले नयाँ कार्यसमिति चयन, वडा ईन्चार्ज तथा सह-ईन्चार्जको जिम्मेवारी समेत तोक्दै छ ।